पूर्वदेखि पश्चिमसम्म अवैध लागूऔषधको जालो, १० जना पक्राउआइतबार, वैशाख १६, २०८१
-1714294205.jpg)
शंखमुलको आगलागी नियन्त्रणमा आइतबार, वैशाख १६, २०८१ काठमाडौंको शंखमुलमा भएको आगलागी नियन्त्रणमा आएको छ।आइतबार दिउँसो शंखमुलस्थित एक पसलमा खाना पकाउने ग्यास सिलिन्डर पड्किएर आगलागी भएको थियो। लगत्तै महानगरीय प्रहरी र अन्य सुरक्षाकर्मीको टोली सो स्थानमा भएको आगलागी नियन्त्रणमा ल्याएको छ।
-1714292324.jpg)
शंखमुलमा आगलागी आइतबार, वैशाख १६, २०८१ काठमाडौंको शंखमुलमा आगलागी भएको छ। आइतबार दिउँसो शंखमुलको दोभान पुल नजिकै एक वर्कशपमा आगलागी भएको हो। आगलागीबाट वर्कशपसहित अन्य केही पसलमा समेत क्षति भएको छ। आगलागीबाट के कति क्षति भयो भन्ने यकिन नभएको प्रहरीले जनाएको छ।

प्रधानमन्त्रीको आग्रहः नेपाल उदार आर्थिक नीतिप्रति प्रतिवद्ध छ, लगानी गर्नुहोस् आइतबार, वैशाख १६, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा लिन आह्वान गरेका छन्। ‘नेपाल लगानी सम्मेलन २०२४’को आज काठमाडौंमा उद्घाटन गर्दै उनले नेपाल कानुनी, भौगोलिक एवं रणनीतिक तवरले लगानीका लागि सम्भावनायुक्त देश भएको बताए।

सन्दीपको पुनरावेदनमा आज सुनुवाइ हुँदै आइतबार, वैशाख १६, २०८१ क्रिकेटर सन्दीप लामिछानेमाथिको बलात्कार सम्बन्धी मुद्दाको सुनुवाइ आज हुने भएको छ। उच्च अदालत पाटनमा परेको पुनरावेदनमा आज सुनुवाइ हुन लागेको हो। यसअघि अदालतले हेर्न नभ्याइने भन्दै मुद्दाको पेसी आजलाई सारेको थियो। उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तम ढकालको इजलासमा वैशाख १० गते पेसी तोकिएको थियो।

मेयर बालेनले भने– ‘जुनसुकै पालिकाको भएपनि सिफारिस लिएर आउनुहोला, गरिब र असहायको उपचार काठमाडौं महानगरले गर्छ’ आइतबार, वैशाख १६, २०८१ आइतबार सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘नेपालको जुनसुकै पालिकाको भएपनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौं महानगर आउनुहोला, हामीसँग ४३ अस्पतालका ३२३ बेड आबद्ध छन्, त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुनेछ ।’

गुल्मीमा मलामी बोकेको जीप दुर्घटना, एकको मृत्यु, १२ घाइते आइतबार, वैशाख १६, २०८१ लिम्घाको मौरीओडारस्थित शाहाघाट लिम्घा भित्री सडकखण्डमा रुद्रवेणीबाट मलामी लिएर लिम्घातर्फ फर्किरहेको लु १ च ४३२० नम्बरको जीप गएराति दुर्घटना हुँदा स्थानीय ७५ वर्षीय मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शङ्कर पोख्रेलले जानकारी दिए।

देशभर तापक्रम वृद्धि, तराई र काठमाडौंमा आजदेखि पाँच दिन 'हिटवेव', उच्च सतर्कता अपनाउन आग्रह आइतबार, वैशाख १६, २०८१ विगत केही दिन देखि देशका अधिकांश भूभागहरूको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको विभागले उल्लेख गरेको छ। लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा विगत केही दिन देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा बढी मापन गरिएको तथा देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भूभागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने...

यी स्थानमा वर्षाको सम्भावना, लुम्बिनी, मधेस र कोशी प्रदेशमा हावाहुरीको जोखिम आइतबार, वैशाख १६, २०८१ हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ।आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक/दुई...

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, शनिबार डेढ लाख बढीको सहभागिता आइतबार, वैशाख १६, २०८१ हिन्दु धर्मशास्त्रमा बराह क्षेत्रस्थित सप्तकोसी नदी र धरानको पिण्डेश्वर धाम कुम्भमेलासँग जोडिएकाले यो क्षेत्रमा धर्मग्रन्थमा उल्लेखित प्रमाणका आधारमा कुम्भमेला लगाउन थालिएको जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले बताए। बराह क्षेत्रस्थित चतराधाममा गत चैत २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेको महाकुम्भ मेला वैशाख २८ गतेसम्म सञ्चालन हुनेछ।
६८ किलो गाँजासहित दुई जना पक्राउ शनिबार, वैशाख १५, २०८१ उक्त कारको खोजी गर्ने क्रममा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले साँगुरिगढी गाउँपालिका-६ स्थित होटल माउन्ट एभरेस्टमा फेला पारी कार चालक सुरज र कारमा सवार नारायणलाई पक्राउ गरेको हो।

यातायात व्यवस्था विभागका पूर्वकर्मचारी पक्राउ शनिबार, वैशाख १५, २०८१ नक्कली लाइसेन्स वितरण गर्न सहयोग गरेको आरोपमा प्रहरीले यातायात व्यवस्था विभागका पूर्वकर्मचारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हरिस भट्ट छन् ।भट्टले करिब एक दशक करार सेवा विभागमा काम गरेका थिए। विभागमा कार्यरत हुँदा उनले नक्कली लाइसेन्स बनाउन सहयोग गरेको आरोप छ।

‘वाइवाइ’ मा एसिड भ्यालु धेरै भेटिएकोप्रति चौधरी ग्रुपको प्रष्टीकरण शनिबार, वैशाख १५, २०८१ काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपले उत्पादन गर्ने चाउचाउमा एसिड भ्यालु धेरै भेटाएको भन्दै चौधरी ग्रुप प्राइभेट लिमिटेडलाई दुई लाख रुपैयाँ जरिवाना गरेको समाचार बाहिरिएपछि ग्रुप त्यसको बचाउमा उत्रिएको छ। चाउचाउ अखाद्य रहेको पुष्टि भएपछि महानगरपालिकाले बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा २९ को खण्ड (घ) बमोजिम दुई लाख रुपैयाँ...









