News Griha :: न्यूजगृह
सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास
सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज र प्रविधिमैत्री बनाइएको छ। सिंहदरबार प्रवेशका लागि अनलाइनबाटै प्रवेशपासको व्यवस्था गरिएको गृह मन्त्रालयले जनाएको हो। 
विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृह मन्त्रालयको पत्राचार
विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृह मन्त्रालयको पत्राचार गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेको छ।तीव्र गतिका कारण बालबालिकामा नकारात्मक असर पर्ने र दुर्घटनाको जोखिम हुने भन्दै गृहले आइतबार भौतिक पूर्वाधार मन्त्रालयलाई पत्राचार गरी मातहतका निकायलाई आवश्यक निर्देशन दिन आग्रह गरेको हो।
वीरगञ्जमा गोली चल्यो, भारतीय नागरिक घाइते
वीरगञ्जमा गोली चल्यो, भारतीय नागरिक घाइते प्रहरीले वीरगञ्जमा गोली चलाएको छ। घटनामा काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मद हत्यामा संलग्न भनिएका एक आरोपित घाइते छन्।२०७९ असोजमा काठमाडौंको गोठाटारमा अज्ञात समूहको गोली लागेर मोहम्मद मारिएका थिए।घाइते हुनेमा भारतीय नागरिक बब्लु पासवान छन्। उनको साथबाट प्रहरीले लागूऔषध ब्राउनसुगर र पेस्तोल बरामद गरेको छ। 
सिन्धुपाल्चोकको जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ
सिन्धुपाल्चोकको जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका— ७ का वडाध्यक्ष रवि तामाङ पक्राउ परेका छन्।उच्च अदालत पाटनले बैङ्किङ कसुर मुद्दामा तीन दिन कैद र नौ लाख ९० हजार जरिवाना तोकेको थियो। 
नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई ३ वर्ष कैद सजाय
नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई ३ वर्ष कैद सजाय विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्य न्यायाधीश रामबहादुर थापाको इजलासले आइतबार न्यौपानेलाई सम्पत्ति शुद्धिकरण कसुरमा दोषी ठहर गरेको हो। न्यौपाने भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्षसमेत हुन्।
मोबाइलमा चर्को बोल्दा हत्या, घटनाको नौ वर्षपछि अभियुक्त पक्राउ
मोबाइलमा चर्को बोल्दा हत्या, घटनाको नौ वर्षपछि अभियुक्त पक्राउ ठूलो स्वरमा बोलेको भन्दै फुपुकी छोरीको हत्या गरी फरार रहेका म्याग्दीको तत्कालीन कुहु गाविस–५ का समरबहादुर सार्कीलाई प्रहरीले नौ वर्षपछि पक्राउ गरेको छ। फुपुकी छोरी २३ वर्षीया सुनमाया किसान (सार्की)को हत्या गरी फरार समरलाई पक्राउ गरी उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार सार्वजनिक गरेको हो।
आईसीसी टी२० विश्वकप खेल्ने सन्दीपको सम्भावना लगभग समाप्त
आईसीसी टी२० विश्वकप खेल्ने सन्दीपको सम्भावना लगभग समाप्त फैसला पुनरावलोकनका लागि उच्च अदालत पाटनमा दायर भएको क्रिकेटर सन्दीप लामिछानेको रिटमाथि आइतबार पनि बहस भएन।न्यायाधीशद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको संयुक्त इजलासमा पेसी परे पनि समय अभावको कारण देखाउँदै हेर्न नभ्याउने सूचीमा पुगेको थियो। यसअघि वैशाख १० गते पनि तोकिएको पेसी हेर्न नभ्याइनेमा चढेको थियो।  
हवाई टिकट मिलाइदिने भन्दै ठग्ने युवती पक्राउ
हवाई टिकट मिलाइदिने भन्दै ठग्ने युवती पक्राउ उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। सामाजिक सञ्जाल फेसबुकमार्फत विभिन्न व्यक्तिलाई सम्पर्क गरी हवाई टिकट मिलाई दिने भनी ठगी गर्ने गरेको उजुरी परेपछि खोजतलासका क्रममा काठमाडौंको गोकर्णेश्वरस्थित नमुना बस्तीबाट प्रहरीले उनलाई पक्राउ गरेको हो।
सन्दीपको मुद्दा आज पनि ‘हेर्न नभ्याइने’ मा 
सन्दीपको मुद्दा आज पनि ‘हेर्न नभ्याइने’ मा  क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको छ। आइतबारका लागि उच्च अदालत पाटनमा पेसी तोकिएको थियो। तर समय अभावका कारण न्यायाधीशले ‘हेर्न नभ्याइने’ मा राखेका हुन्। 
मर्मतपछि नेपाल आइपुग्यो निगमको जहाज 
मर्मतपछि नेपाल आइपुग्यो निगमको जहाज  नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज इजरायलमा मर्मत गराएर काठमाडौं ल्याइएको छ।इजरायलमा मर्मतसम्भार सकेर ल्याइएको जहाज शनिबार साँझ काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले राससलाई जानकारी दिए।
सहकारी पीडित भन्छन्– जीबी राई पक्राउ नपरुञ्जेलसम्म सहकारी समस्या समाधान हुँदैन
सहकारी पीडित भन्छन्– जीबी राई पक्राउ नपरुञ्जेलसम्म सहकारी समस्या समाधान हुँदैन सरकारले फास्ट ट्र्याकबाट कानुन बनाएर सहकरी पीडितको समस्या समाधान गर्ने कुरामा सहकारी पीडित विश्वस्त छैनन्। गत बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकबाट भएको सहकारी पीडितका समस्या समाधान गर्ने निर्णयमा आशंका रहेको सहकारी पीडितहरु बताउँछन्। 
दाङको राजपुुरमा आगलागी हुँदा २४ घर र १० गोठ जले
दाङको राजपुुरमा आगलागी हुँदा २४ घर र १० गोठ जले दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएका छन्। सोही आगलागीले अन्य १० वटा गोठसमेत जलेर नष्ट भएको वडा नं ७ का वडाध्यक्ष पुष्कर वलीले बताए। सो गाउँमा २५ वटा घर थिए। तीमध्ये २४ वटा जलेर नष्ट भएका हुन्। आज दिउँसो ३ बजेतिर गाउँमा आगलागी भएको...
Weather Update