News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
एकैपटक २८ सहसचिवको सरुवा, को कहाँ पुगे? [सूचीसहित]
फाइल तस्बिर

काठमाडौं— नेपाल सरकारका २८ सहसचिवहरुको सरुवा भएको छ। 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय र प्रदेशस्तरका सहसचिवहरुको सरुवा गरेको हो।  

Prabhu Bank

त्यससँगै केही महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत समेत फेरिएका छन्। 

बैठकले ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीलाई भरतपुर महानगर पठाइएको छ भने उनको ठाउँमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी रेखा दासलाई ल्याइएको छ। त्यसैगरी भरतपुरका नरेन्द्रकुमार रानालाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ ।

हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत देवराज जोशीलाई उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयमा सरुवा गरिएको छ।  

त्यसैगरी उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयमा कार्यरत गजेन्द्रकुमार ठाकुरलाई सञ्चार मन्त्रालयमा सारिएको छ।  

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १४:३५
Weather Update