News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

काठमाडौं— दाङको शान्तिनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

बिहीबार मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो। दुर्घटनामा सल्यान घर भई शान्तिनगर- ७ खैरेनी बस्दै आएका ७२ वर्षीय शमशेर थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख अजयजंग थापाले जानकारी दिए।

Prabhu Bank

उनका अनुसार शान्तिनगर- ७ खैरेनीस्थित प्रतीक्षालयमा पश्चिमबाट तुलसीपुर जाँदै गरेको रा ५ प ९३२२ मोटरसाइकलले थापालाई ठक्कर दिएको थियो। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

दुर्घटनामा बबई-३ हंसपुरका ३० वर्षीय मोटरसाइकल चालक कमल विक र मोटरसाइकलमा सवार २५ वर्षीय प्रकाश रसाइली घाइते छन्। 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  ०५:४६
Weather Update