गृह मन्त्रालयका लागि झण्डै २ खर्ब बजेट मंगलबार, जेठ १५, २०८१

बजेट: शिक्षा क्षेत्रका लागि यस्ता छन् नयाँ योजना मंगलबार, जेठ १५, २०८१ सरकारले जीवनोपयोगी र गुणस्तरीय शिक्षाका माध्यमबाट नैतिकवान र मर्यादित समाजको विकास गर्ने घोषणा गरेको छ। संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आधारभूत शिक्षा प्राप्त गर्ने बालबालिकाको हक सुनिश्चित गरिने बताएका हुन्। उनले सिपमूलक र प्राविधिक शिक्षा विस्तार गरि रोजगारीका अवसर सिर्जना गर्ने घोषणा गरे।

सञ्चार मन्त्रालयलाई ७ अर्ब ३५ करोड बजेट मंगलबार, जेठ १५, २०८१ सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ७ अर्ब ३५ करोड बजेट विनियोजन गरेको छ।मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आव २०८१÷०८२ को बजेटमा सञ्चार मन्त्रालयलाई उक्त रकम विनियोजन गरिएको घोषणा गरे।

बजेट वक्तव्यः प्रदेश र स्थानीय तहका लागि ५ खर्ब ६७ अर्ब विनियोजन मंगलबार, जेठ १५, २०८१ संघीय सरकारबाट हुने वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँटबाट आगामी आर्थिक वर्ष २०८१÷८२ मा प्रदेश र स्थानीय तहका लागि पाँच खर्ब ६७ अर्ब बराबर हस्तान्तरण हुने अनुमान गरिएको छ।
-1716891394.jpg)
शिक्षा र स्वास्थ्य मन्त्रालयको बजेट कति? मंगलबार, जेठ १५, २०८१ सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लागि ८६ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ। मंगलबार आर्थिक वर्ष ०८१ /०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो कुरा जानकारी गराएका हुन्। त्यस्तै आगामी आर्थिक वर्षमा सरकारले स्वास्थ्य बीमालाई प्राथमिकतामा राखेको छ।

भूकम्पको पुननिर्माणको लागि सरकारले छुट्टयायो २१ अर्ब ६० करोड मंगलबार, जेठ १५, २०८१ सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि २१ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
-1716889817.jpg)
वन तथा वातावरण मन्त्रालयको बजेट १५ अर्ब ७० करोड मंगलबार, जेठ १५, २०८१ सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा वन तथा वातावरण मन्त्रालयको लागि १५ अर्ब ७० करोड बजेट छुट्टयाएको छ। मंगलबार अर्थमन्त्री वर्षमान पुनले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा वार्षिक बजेट पेस गर्दै सो कुरा बताएका हुन्।

बजेटको नयाँ नीतिः गाँजा खेतीले वैधानिकता पाउने मंगलबार, जेठ १५, २०८१ सरकारले आगामी आर्थिक वर्षबाट गाँजाको व्यवसायीक खेतिका लागि कानुनी व्यवस्था गर्ने भएको छ। मंगलबार आर्थिक वर्ष ०८१ /०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो कुरा बताएका हुन्।

नेपालीको औषत आयु बढ्यो, मातृ मृत्युदर घट्यो मंगलबार, जेठ १५, २०८१ पछिल्लो वर्षमा नेपालीको औसत आयु वृद्धि भएर ७१ वर्ष पुगेको छ भने शिशु मृत्युदर पनि २१ प्रतिशतमा झरेको छ। मंगलबार आर्थिक वर्ष ०८१ /०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले देशमा निरपेक्ष गरिबी घटेको र नेपालीको औसत आयु पनि वृद्धि भएको बताए।

आगामी आर्थिक वर्षका लागि कृषि मन्त्रालयलाई ५७ अर्ब २९ करोड बजेट मंगलबार, जेठ १५, २०८१ आगामी आर्थिक वर्षका लागि कृषि क्षेत्रको विकासका लागि ५७ अर्ब २९ करोड बजेट छुट्टयाइएको छ।आज अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै कृषि मन्त्रालयका लागि ५७ अर्ब २९ करोड बजेट छुट्टयाइएको बताए।

पहिरोको जोखिमले गाउँनै तितरबितर मंगलबार, जेठ १५, २०८१ केही वर्षअघि जैमिनी नगरपालिकाको वडार गाउँ भरिभराउ थियो। कृषि कर्मबाट गुजारा चलाउनेहरू खुशी देखिन्थे। वडार गाउँ २०७० को दशकमा सडक सञ्जालसँग जोडियो। गाउँलाई फेरो हालेर जैमिनी–१ कुश्मिशेरा र बागलुङ नगरपालिका–११ रायडाँडा जोड्ने सडकले गाउँ नै पहिरोको जोखिममा पार्यो।

पूर्वपश्चिम राजमार्गको नवलपुर खण्ड एकतर्फी सञ्चालनमा मंगलबार, जेठ १५, २०८१ सोमबार साँझदेखि परेको वर्षाका कारण अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्गको नवलपुर खण्ड एकतर्फी सञ्चालनमा आएको छ।

महिनावारीका बेला महिला ट्राफिक प्रहरीले सडकमा ड्युटी गर्नु नपर्ने, कारबाहीमा परेकालाई खटाइने मंगलबार, जेठ १५, २०८१ अब महिनावारी भएको ४ दिन महिला ट्राफिक प्रहरीले सडकमा ड्यूटी गर्न नगर्ने भएको छ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै सो कुरा बताएका हुन्। त्यस्तै महिला ट्राफिक प्रहरीको साटो सो दिन मापसे लगायत ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई सडकमा खटाइनेछ।









