News Griha :: न्यूजगृह
भूकम्पको पुननिर्माणको लागि सरकारले छुट्टयायो २१ अर्ब ६० करोड 

काठमाडौं— सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि २१ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। 

मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अतर्थमन्त्री वर्षमान पुनले वि.स. २०७२ साल र त्यसपछि पटक पटक गएको भूकम्पपछि पुनर्निर्माणका लागि २१ अर्ब ६० करोड बजेट विनियोजन गरेको बताएका हुन्। 

त्यस्तै, सरकारले हुलाकी राजमार्ग, पुस्पलाल लोकमार्ग, मदन भण्डारी राजमार्ग तथा उत्तर दक्षिण करिडोर क्षेत्रमा प्रदेश, स्थानीय तह र निजी क्षेत्रको लागत साझेदारीमा स्थानीय सम्भावनामा आधारित आर्थिक सामाजिक गतिविधि प्रवद्र्धन गर्न ग्रामिण विकास अभियान संचालन गर्ने बताएको छ। 
 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १६:१७
Weather Update