News Griha :: न्यूजगृह
आगामी आर्थिक वर्षका लागि कृषि मन्त्रालयलाई ५७ अर्ब २९ करोड बजेट 

काठमाडौं— आगामी आर्थिक वर्षका लागि कृषि क्षेत्रको विकासका लागि ५७ अर्ब २९ करोड बजेट छुट्टयाइएको छ।

आज अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै कृषि मन्त्रालयका लागि ५७ अर्ब २९ करोड बजेट छुट्टयाइएको बताए। 

त्यस्तै औषधिजन्य प्रयोजनका लागि गाजाको व्यवसायीक उत्पादन गर्ने व्यवस्था मिलाइने बताए।

त्यस्तै आगामी आर्थिक वर्षमा कृषि क्षेत्रलाई लक्षित गरेर सरकारले काम गर्ने उनले बताए। 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १५:४१
Weather Update