गृह मन्त्रालयका लागि झण्डै २ खर्ब बजेट

काठमाडौं— सरकारले गृह मन्त्रालयका लागि झण्डै २ खर्बको बजेट विनियोजन गरेको छ।
मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्य प्रस्तुत गर्दै गृह मन्त्रालयका लागि १ खर्ब ९९ अर्ब २४ करोड बजेट विनियोजन गरिएको बताए।
त्यस्तै सरकारले नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउनका लागि विभिन्न योजना अघि सारेको बताए।
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१ १६:४३













