शिक्षा र स्वास्थ्य मन्त्रालयको बजेट कति?
-1716891394.jpg)
काठमाडौं— सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लागि ८६ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ।
मंगलबार आर्थिक वर्ष ०८१ /०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो कुरा जानकारी गराएका हुन्।
त्यस्तै आगामी आर्थिक वर्षमा सरकारले स्वास्थ्य बीमालाई प्राथमिकतामा राखेको छ।
यसैगरी सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको लागि २ खर्ब ३ अर्ब ६६ करोड छुट्टयाएको छ।
सरकारले २०८१ देखि २०९१ सम्म प्राविधिक शिक्षाको लागि काम गर्ने दशकको रुपमा विकास गर्ने बताए।
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१ १६:२३













