महिनावारीका बेला महिला ट्राफिक प्रहरीले सडकमा ड्युटी गर्नु नपर्ने, कारबाहीमा परेकालाई खटाइने

काठमाडौं— अब महिनावारी भएको ४ दिन महिला ट्राफिक प्रहरीले सडकमा ड्युटी गर्न नगर्ने भएको छ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै सो कुरा बताएका हुन्।
त्यस्तै महिला ट्राफिक प्रहरीको साटो सो दिन मापसे लगायत ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई सडकमा खटाइनेछ।
‘गणतन्त्र दिवस अवसरमा शुभकामना सहित एउटा सानो प्रयासः अब देखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा ड्युटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुहुनेछ,’ गृहमन्त्री लामिछानेले सामाजिक सञ्जालमा भनेका छन्।
यसअघि महिला ट्राफिक प्रहरीले महिनावारी भएको समयमा सडकमा ड्यूटी गर्र्नुपरेको गुनासो गर्दै आइरहेका थिए।
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१ ११:१८













