बजेटको नयाँ नीतिः गाँजा खेतीले वैधानिकता पाउने

काठमाडौं— सरकारले आगामी आर्थिक वर्षबाट गाँजाको व्यवसायीक खेतिका लागि कानुनी व्यवस्था गर्ने भएको छ।
मंगलबार आर्थिक वर्ष ०८१ /०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो कुरा बताएका हुन्।
औषधिजन्य प्रयोजनका लागि गाँजा खेती गर्न कानुनी व्यवस्था गर्ने घोषणा गर्दै अर्थमन्त्री पुनले भने ‘औषधीय प्रयोजनका लागि गाँजाको व्यवसायीक उत्पादन गर्न कानूनी व्यवस्था मिलाइने छ।’
सरकारले कृषि तथा पशुप मन्त्रालयलाई आगामी आर्थिक वर्षको लागि ५७ अर्ब २९ करोड रुपैयाँ विनियोजन गरेको छ।
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१ १५:५२













