हुन्डी कारोबारमा संलग्न भारतीय नागरिक पर्साबाट पक्राउ, ५ लाख ९० हजार रुपैयाँ बरामद बुधबार, जेठ २३, २०८१

ओलीलाई सुमना श्रेष्ठको प्रश्न– विदेशीसँग विवाह गर्दैमा देशद्रोही भइहालिन्छ ? बुधबार, जेठ २३, २०८१ सामाजिक सञ्जालमार्फत मन्त्री श्रेष्ठले केही दिन अघि एमाले अध्यक्ष केपी शर्मा ओलीले सुमनालाई लक्षित गर्दै विदेशबाट घुम्न आएकालाई मन्त्री बनाएको भन्दै टिप्पणी गरेको जवाफमा सो प्रश्न गरेकी हुन्।

विपद् क्षेत्रको रिपोर्टिङमा जाने पत्रकार र स्वयंसेवकलाई तालिम दिइने बुधबार, जेठ २३, २०८१ सरकारले विपद्का बेलामा रिपोर्टिङ गर्न जाने पत्रकार र स्वयंसेवकमा खटिने मानिसहरूलाई तालिम प्रदान गर्ने भएको छ।बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बर्खा सुरु भएसँगै सरकारले नागरिकको जिउ धनको सुरक्षाको लागि के कस्तो काम गरिरहेको छ भन्ने सन्दर्भमा सदनलाई जानकारी गराउँदै गृहमन्त्री रवि लामिछानेले विपद्का बेलामा रिपोटिङ गर्न जाने पत्रकारहरू र...

सूर्यदर्शन सहकारी पीडितले प्रधानमन्त्री प्रचण्डलाई देखाए कालोझण्डा, ११ जना पक्राउ, प्रहरीको कुटाइबाट २ घाइते बुधबार, जेठ २३, २०८१ पोखराका सहकारी पीडितहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा देखाएका छन्।बुधबार बिहान पोखरा सभागृहमा प्रवेश गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डलाई सूर्यदर्शन सहकारीका पीडितहरूले कालो झण्डा देखाएका हुन्।उनीहरूले ‘सहकारी पीडितलाई न्याय दे’ भन्ने नारा पनि लगाएका थिए।
-1713955690.jpg)
कोशी सरकारविरुद्ध परेकाे रिटको पेसी न्यायाधीशद्वय श्रेष्ठ र ढकालको इजलासमा बुधबार, जेठ २३, २०८१ कोशी प्रदेश सरकार गठनविरुद्ध पूर्व मुख्यमन्त्री नेपाली कांग्रेसका केदार कार्कीले सर्वोच्चमा दायर गरेको रिटको सुनुवाइका लागि पेसी तोकिएको छ। बुधबार सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासमा पेसी तोकिएको हो। उक्त रिटको पेसी श्रेष्ठ र ढकालको इजलासको तेस्रो नम्बरमा छ ।
-1717565625.jpg)
जलवायु परिवर्तनका असर न्यूनीकरणमा योगदान गर्न विश्व समुदायलाई राष्ट्रपतिको अपिल बुधबार, जेठ २३, २०८१ राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका असर घाटाएर भावी पुस्ताको भविष्य सुरक्षित गर्न विश्व समुदायलाई अपिल गरेका छन्।विश्व वातावरण दिवसका अवसरमा राष्ट्रपति भवनमा आज बिहान आयोजित कार्यक्रममा उनले विश्वव्यापी उष्णताको बढ्दो प्रभावबाट तीव्र रूपमा हिमशृङ्खला र हिमतालमा आएको परिवर्तनले तल्लो तटीय क्षेत्रमा बाढी–पहिरोसँगै जीवनयापनका चुनौती थपिएका बताए।
-1717564284.jpg)
मिथिलामा भोलि वटसावित्री पर्व मनाइँदै बुधबार, जेठ २३, २०८१ धनुषासहित समस्त मिथिलाञ्चलमा पतिका दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै भोलि बिहीबार वटसावित्री पर्व मनाइँदैछ।ज्येष्ठ कृष्णपक्षको आमावस्यामा मिथिलाञ्चलका विवाहित महिलाले पतिको दीर्घायुको कामना गर्दै वटसावित्री पर्व मनाउने पण्डित दिगम्बर झा बताउछन्।

आज सानो गोलभेँडाको मूल्य प्रतिकिलो २२, लोकल बन्दाको २३, अरु तरकारीको कति? बुधबार, जेठ २३, २०८१ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार किनबेच भइरहेको तरकारी तथा फलफूलहरूको मूल्यसूची सार्वजनिक गरेको छ।

काठमाडौं महानगर क्षेत्रमा सञ्चालित अस्पताललाई १५ दिनभित्र आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन बुधबार, जेठ २३, २०८१ काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रमा सञ्चालित अस्पतालहरूलाई १५ दिनभित्र अनिवार्य रुपमा आफ्नै फार्मेसी (औषधि पसल) सञ्चालन गर्न निर्देशन दिएको छ। महानगरपालिकाको स्वास्थ्य विभागले बुधबार एक सूचना जारी गर्दै काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालित अस्पतालहरूलाई अनिवार्य रुपमा आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिएको हो।

आज विश्व वातावरण दिवस बुधबार, जेठ २३, २०८१ ‘हाम्रो भूमि, हाम्रो भविष्य’ नारासहित बुधबार विश्व वातावरण दिवस मनाइँदै छ। नेपालमा पनि यही नारासाथ देशव्यापी रूपमा दिवस मनाइँदै छ।
-1717484655.jpg)
यी स्थानमा आज बिहानैदेखि वर्षा बुधबार, जेठ २३, २०८१ बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।बागमतीलगायत देशका पहाडी भूभागमा बिहान आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।

उदयपुरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु मंगलबार, जेठ २२, २०८१ चौदण्डीगढी नगरपालिकाको बेल्टारबाट गाइघाटतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ख ८५१४ नम्बरको गिट्टी बोकेको टिप्परले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०२–०५२ प ३९५८ नम्बरको मोटरसाइकललाई मंगलबार त्रियुगा नगरपालिका–१ फुलजोरमा ठक्कर दिएको प्रहरी निरीक्षक विद्यालाल साहले जानकारी दिए।

सन्दीपले दिए नेपाली क्रिकेट टीमलाई शुभकामना मंगलबार, जेठ २२, २०८१ टी–२० विश्वकपको नवौँ संस्करणमा नेपालले मंगलबार राति नेदरल्याण्ड्सको सामना गर्दैछ। उक्त खेल नेपाली समयअनुसार, राति २१:१५ बजे सुरु हुनेछ। अमेरिकामा नेपाल र नेदरल्याण्ड्सबीचको खेल सुरु हुनुभन्दा करिब चार घन्टाअघि सन्दीपले सामाजिक सञ्जाल फेसबुकमार्फत टोलीलाई सफलताको शुभकामना दिएका हुन्।









