News Griha :: न्यूजगृह
गाँजाको विषय समितिमा पुग्यो, गृहमन्त्री भन्छन्– एक महिनाभित्र नियमावली बनाउँछौँ
गाँजाको विषय समितिमा पुग्यो, गृहमन्त्री भन्छन्– एक महिनाभित्र नियमावली बनाउँछौँ उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले औषधिजन्य उपयोगका लागि गाँजाको व्यवसायिक खेती सम्बन्धी अध्ययन सरकारले एक महिनाभित्रै नियमावली ल्याएर गर्ने बताएका छन्। सिंहदरबारमा शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा गाँजाखेतीका विषयमा छलफल भएको हो।
बागमती प्रदेशमा विपद्बाट एक वर्षमा ६१ जनाको मृत्यु, करोडौँको क्षति 
बागमती प्रदेशमा विपद्बाट एक वर्षमा ६१ जनाको मृत्यु, करोडौँको क्षति  पछिल्लो एक वर्षको अवधिमा बागमती प्रदेशमा विपद्का विभिन्न घटनामा परी ६१ जनाको मृत्यु भएको छ। गतवर्षको जेठदेखि हालसम्म प्रदेशमा भएका आठ सय ३६ विपद्का घटनामा ६१ जनाको मृत्यु भएको हो।
चुलाचुलीले लगायो शिक्षकलाई राजनीतिमा रोक, विद्यालयमा पार्टीको कार्यक्रम गर्न निषेध
चुलाचुलीले लगायो शिक्षकलाई राजनीतिमा रोक, विद्यालयमा पार्टीको कार्यक्रम गर्न निषेध जिल्लाको चुलाचुली गाउँपालिकाले शिक्षकलाई राजनीतिमा पूर्ण प्रतिबन्ध लगाएको छ। गाउँ कार्यपालिका बिहीबारको बैठकले उक्त निर्णय गरेको हो। गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङका अनुसार शिक्षकहरू आ–आफ्ना पेसागत संघसंगठनमा आबद्ध भए तापनि कुनै  राजनीतिक दलको सदस्यता लिन, त्यसका निम्ति भोट माग्न र प्रचारप्रसारमा प्रतिबन्ध लगाइएको छ।
कस्तो रहनेछ शनिबार र आइतबारको मौसम? 
कस्तो रहनेछ शनिबार र आइतबारको मौसम?  जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शनिबार ( भोलि) र आइतबार (पर्सि) को मौसम सम्बन्धी पूर्वानुमान विवरण सार्वजनिक गरेको छ ।
काठमाडौंका यी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने
काठमाडौंका यी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने नेपाल बिद्युत् प्राधिकरणले वितरण लाइन भूमिगत कार्य भइरहेकोले काठमाडौंका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ। 
कस्तो छ आजको मौसम पूर्वानुमान? 
कस्तो छ आजको मौसम पूर्वानुमान?  नेपालमा स्थानीय वायु, पश्चिमी वायु सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पूर्वी बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
यसवर्षको मनसुनमा कोशी र मधेस प्रदेश बढी प्रभावित हुने
यसवर्षको मनसुनमा कोशी र मधेस प्रदेश बढी प्रभावित हुने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले मनसुन अवधिमा कोशीमा एक लाख १३ हजार परिवारका झण्डै पाँच लाख मानिस विपद्बाट कुनै न कुनै रुपमा प्रभावित हुने अनुमान गरिएको जानकारी दिए। बढी पानी पनि सोही क्षेत्रमा पर्ने र बाढीपहिरो तथा डुबानका घटना हुन सक्ने अनुमान गरिएको उनले बताए। कोशीमा २२ हजार घर...
राति यी तीन प्रदेशमा वर्षाको सम्भावना, काठमाडौं उपत्यकामा के होला?
राति यी तीन प्रदेशमा वर्षाको सम्भावना, काठमाडौं उपत्यकामा के होला? बिहीबार राति पनि देशभर तर केही स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार बिहीबार बेलुका ७:४० बजे भने मुलुकभर कतै पनि वर्षा भएको संकेत छैन।
मनसुनजन्य विपद्सँग जुध्न गृहमन्त्रीले खोजे दलहरुको साथ 
मनसुनजन्य विपद्सँग जुध्न गृहमन्त्रीले खोजे दलहरुको साथ  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मनसुनजन्य विपद्को सामनाका लागि राजनीतिक दलहरुको साथ खोजेका छन्।  गृहमन्त्रालयमा बिहीबार राजनीतिक दलहरुसँगको छलफलमा उनले विपद्को समयमा अति जोखिममा पर्ने बस्तीलाई सुरक्षित स्थानमा सार्ने व्यवस्था गर्नका लागि आवश्यक पहल तुरुन्तै गरिने बताए। 
नेपालगञ्ज उपमहानगरभित्रका अतिक्रमित संरचनामा डोजर 
नेपालगञ्ज उपमहानगरभित्रका अतिक्रमित संरचनामा डोजर  नेपालगञ्ज उपमहानगरपालिकाले सरकारी जमिन अतिक्रमण गरी बनेका संरचना भत्काउन सुरु गरेको छ। नेपालगञ्ज–९ खटकनपूर्वामा सरकारी जमिन अतिक्रमण गरी बनेका घरटहरा भत्काउन उपमहानगरले आज दिउँसो  डोजर चलाएको छ। घरटहरा हटाउन एक महिनाको सूचना टाँस गर्दा पनि बेवास्ता गरेकाले भत्काउन बाध्य भएको नेपालगञ्ज उपमहानगरपालिका–९ का वडाध्यक्ष गोविन्दप्रसाद रेग्मीले बताए। 
झापामा मनसुनजन्य विपद्बाट ४२ हजार प्रभावित हुने प्रक्षेपण, कस्तो छ पूर्व तयारी? 
झापामा मनसुनजन्य विपद्बाट ४२ हजार प्रभावित हुने प्रक्षेपण, कस्तो छ पूर्व तयारी?  यस वर्षको मनसुनमा जिल्लामा ४२ हजारभन्दा बढी मानिस बाढी र डुबानको समस्याबाट प्रभावित हुनसक्ने प्रक्षेपण गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको जिल्ला विपद् प्रतिकार्य योजना २०८१ अनुसार करिब ४२ हजार मानिस बाढी र डुवानबाट प्रभावित हुने अनुमान गरिएको हो।
खाद्य व्यवस्थाको संरचनागत सुधार गर्न मन्त्री भण्डारीको निर्देशन
खाद्य व्यवस्थाको संरचनागत सुधार गर्न मन्त्री भण्डारीको निर्देशन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको संरचनागत सुधार गर्न निर्देशन दिएका छन्। 
Weather Update