चन्द्रौटाका नापी सर्वेक्षक घुस रकमसहित पक्राउ
-1696254918.jpg)
काठमाडौं— कपिलवस्तुको चन्द्रौटास्थित नापी कार्यालयका एक सर्वेक्षक सेवाग्राहीबाट घूस लिएको रकमसहित पक्राउ परेका छन्।
सर्वेक्षक बेचनप्रसाद गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयको टोलीले शुक्रबार नियन्त्रणमा लिएको हो।
जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ उनले सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना पाएपछि आयोगको टोलीले पुगेको थियो। घुस बापतको ३५ हजार रुपैयाँ लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो।
नापी कार्यालय नजिकै बाट पक्राउ परेका उनको साथबाट थप ५० हजार रुपैयाँसमेत बरामद भएको अख्तियारले जनाएको छ। बरामद ५० हजार रुपैयाँको उनले स्रोत खुलाउन नसकेको अख्तियारको भनाई छ।
प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१ १९:०२













