News Griha :: न्यूजगृह
महोत्तरीमा ३० वर्षीय युवकमाथि गोली प्रहार
महोत्तरीमा ३० वर्षीय युवकमाथि गोली प्रहार महोत्तरीमा एक युवकमाथि सोमबार साँझ ६ बजेतिर गोली प्रहार भएको छ। महोत्तरीको गौशाला नगरपालिका–११ घर भएका ३० वर्षीय मुरारी भनिने विनयकुमार महतोमाथि स्थानीय मरहा खोलामा गोली प्रहार भएको हो।
नेपाली सेनामा भर्ती गराइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
नेपाली सेनामा भर्ती गराइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ थापाले आफूलाई पोखरामा रहेको आर्मी फिटनेस सेन्टरको सञ्चालक बताउँदै नेपाली सेनाको माथिल्लो तहका हाकिमलाई चिनेको भनी बाग्लुङ घर भएका १९ वर्षीय युवकलाई नेपाली सेनामा भर्ती गराइदिन्छु भनी झुट्टा आश्‍वासन दिलाइ पटकपटक गरी उक्त रकम ठगी गरेको आरोप छ।
एमाले नेता महेश बस्नेतविरुद्ध बलात्कारको उजुरी दिएकी शोभा पाठक पक्राउ
एमाले नेता महेश बस्नेतविरुद्ध बलात्कारको उजुरी दिएकी शोभा पाठक पक्राउ सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको चरित्रहत्या हुने खालका अभिव्यक्ति दिएको उजुरीका आधारमा पाठकलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ।
सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष श्रेष्ठसहित ८ जना पक्राउ 
सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष श्रेष्ठसहित ८ जना पक्राउ  सेञ्चुरी कमर्शियल बैंकका तत्कालीन अध्यक्ष  राजेश श्रेष्ठसहित ८ जना पक्राउ परेका छन्। आज केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले अध्यक्ष श्रेष्ठसहित ८ जनालाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता एसपी होबिन्द्र बोगटीले न्यूजगृहलाई जानकारी दिए। ‘हामीले ८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएका छौँ,’ उनले भने।  
नेपाल भित्रियो यो वर्षको मनसुन  
नेपाल भित्रियो यो वर्षको मनसुन   यो वर्षको मनसुन आजबाट नेपाल भित्रिएको छ।जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन सरदर भन्दा केही दिन अघि भित्रिएको जनाएको छ। नेपालमा सरदर प्रत्येक वर्षको जुन १३ तारिखमा मनसुन भित्रिने गरेको छ। तर यसवर्षको मनसुन भने सरदर भन्दा ३ दिन अगावै भित्रिएको महाशखाले जनाएको...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा किन गरिँदैछ बन्द?  
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा किन गरिँदैछ बन्द?   सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टाका लागि बन्द हुँदैछ।  नागरिक उड्डयन कार्यालयले सूचना जारी गर्दै दिउँसो १ बजेदेखि साढे १ बजेसम्मका लागि विमानस्थल बन्द गर्न लागिएको जानकारी गराएको हो। 
निर्मलाको न्यायको लागि आफन्तले गरे पूर्व–पश्चिम राजमार्ग अवरुद्ध 
निर्मलाको न्यायको लागि आफन्तले गरे पूर्व–पश्चिम राजमार्ग अवरुद्ध  सवारी दुर्घटनामा मृत्यु भएकी निर्मला अधिकारीका आफन्तले हेटौँडामा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। गत जेठ २५ गते मकवानपुरको मनहरि गाउँपालिका–९ रजैयामा भारतीय नम्बर प्लेटको ग्यास बुलेटले ठक्कर दिइ मोटरसाइकलमा सवार हेटौँडा–८ निवासी निर्मला अधिकारीको मृत्यु भएपछि हालसम्म ग्यास बुलेटधनीलाई सम्पर्कमा नल्याएको भन्दै मृतकका आफन्तले राजमार्ग अवरुद्ध पारेका हुन्।
वीरगञ्जका विद्यालयमा पठनपाठन बिहान साढे १० बजेसम्म मात्रै
वीरगञ्जका विद्यालयमा पठनपाठन बिहान साढे १० बजेसम्म मात्रै आइतबार बसेको महानगरको बैठकले तराई–मधेस क्षेत्रमा गर्मी बढिरहेको र अझै केही दिन गर्मी बढ्न सक्ने मौसम विभागको पूर्वानुमानलाई मध्यनजर गर्दै पठनपाठन बिहानै सक्न निर्देशन दिएको हो।
भुक्तानी सेवा प्रदायक ‘पेवल नेपाल र सजिलो पे’ का ६ कर्मचारी पक्राउ  
भुक्तानी सेवा प्रदायक ‘पेवल नेपाल र सजिलो पे’ का ६ कर्मचारी पक्राउ   दुई वटा भुक्तानी सेवा प्रदायक कम्पनी ‘पेवल नेपाल र सजिलो पे’ का ६ कर्मचारीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ। 
मेगा ड्रिम सहकारीका उपाध्यक्ष र सीईओसहित ३ जना पक्राउ, अध्यक्षसहित ७ जना फरार
मेगा ड्रिम सहकारीका उपाध्यक्ष र सीईओसहित ३ जना पक्राउ, अध्यक्षसहित ७ जना फरार माछापोखरीमा मुख्य कार्यालय रहेको मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष र सीईओसमेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा उपाध्यक्ष बासुदेव भट्ट, सचिव तथा सीईओ इन्द्र प्रसाद गेलाल र सदस्य शरद कुमार अधिकारी छन्। आरोपितहरूले सहकारीको २१ करोड २ लाख ८४ हजार रकम अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ।...
५ लाख १४ हजार मूल्य बराबरको नक्कली नोटसहित काठमाडौंबाट २ जना पक्राउ
५ लाख १४ हजार मूल्य बराबरको नक्कली नोटसहित काठमाडौंबाट २ जना पक्राउ काठमाडौं प्रहरीले ५ लाख १४ हजार मूल्य बराबरको नक्कली नोटसहित  २ जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका—१४ कलंकीमा चिया पसल सञ्चालन गर्ने तारादेवी डंगोल छिन्। त्यस्तै नागर्जुन—५ बस्ने ४१ वर्षीया निलिमा श्रेष्ठ पनि पक्राउ परेकी छन्। 
कर्णालीको पुलमा अड्किएकामध्ये २ खच्चड मरे, ११ वटाको सकुसल उद्धार 
कर्णालीको पुलमा अड्किएकामध्ये २ खच्चड मरे, ११ वटाको सकुसल उद्धार  अछाम र दैलेख जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलमाथि फसेका १३ वटा मध्ये २ वटा खच्चड मरेका छन्। आज बिहान अछामबाट दैलेख सामान बोकेर जाने क्रममा कर्णाली नदीमाथिको झोलुंगे पुलको एकपटट्टीको लठ्ठा चुडिँदा १३ वटा खच्चड फसेका थिए। ती मध्ये ११ वटाको सकुसल उद्धार गरिएको र बाँकी २ वटा खच्चड मरेको...
Weather Update