काठमाडौं उपत्यकाका ८ लाख बढी सवारी चालक कारबाहीमा आइतबार, जेठ २७, २०८१

सुनसहित विमानस्थलबाट ४ जना पक्राउ आइतबार, जेठ २७, २०८१ भन्सार छली भित्राइएको सुन संकलन गरी लैजान लागेको अवस्थामा कोइराला र आलम पक्राउ परेका हुन्। उनीहरूको साथबाट करिब २५ ग्राम सुनको सिक्री, करिब ६९ ग्राम ९९ मिलिग्राम सुनको काँचो डल्लो बरामद भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

कर्णाली नदीको पुलको लठ्ठा चुँडियो, १३ खच्चड अडकिए आइतबार, जेठ २७, २०८१ कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा सामान बोकेका १३ वटा खच्चड फुलमै अडकिएका छन्। आइतबार बिहान अछामबाट दैलेख जाने क्रममा केही खच्चडको खुट्टा तारमा अडकिएको थियो। सो क्रममा सबै खच्चडहरु एकैपट्टी परेपछि पुलको एकपट्टीको लठ्ठा चुँडिएको र सामान बोकेका १३ खच्चडहरु त्यही अडकिएको जिल्ला प्रहरी कार्यालय दैलेकका प्रमुख डीएसपी सुनिल...

केही दिन देशभर गर्मी बढ्ने, तराईमा ‘लू’ बाट बच्न आग्रह आइतबार, जेठ २७, २०८१ जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।

आँबुखैरेनी–मुग्लिन सडकखण्ड आज तीन घण्टा बन्द हुने आइतबार, जेठ २७, २०८१ पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन सडकखण्ड तीन घण्टा पूर्ण रूपमा बन्द हुने भएको छ।आँबुखैरेनी–४ स्थित डयाम नजिक पहिरो नियन्त्रणको काम भइरहेकाले बिहान १० देखि दिउँसो १ बजेसम्म सडक बन्द हुने भएको हो।

तीन वटा मौसम प्रणालीको प्रभाव नेपालमा, आज कहाँकहाँ होला वर्षा? आइतबार, जेठ २७, २०८१ आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

ठेक्का लागेको पाँच वर्षमा पनि सडक कालोपत्र भएन शनिबार, जेठ २६, २०८१ बेनीदेखि सिमसम्म १२.५ किमि दुई वर्षअघि कालोपत्र भएको थियो। सिम–पानाबगर खण्डको चार किमि सडकको पहिलो चरणको कालोपत्र सकिएको छ। म्याग्दी १ (२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले सहजीकरण र समन्वय गरे पनि क्याराभान निर्माण कम्पनीले विभिन्न बाहना बनाएर सडक कालोपत्र गर्न ढिलाइ गरेको बताए।

नारायणगढ–बुटवल सडकको दुरावस्थाले घटे लुम्बिनी जाने पर्यटक शनिबार, जेठ २६, २०८१ २०७६ अघि लुम्बिनी क्षेत्रमा आउने आन्तरिक पर्यटक कम्ती भएको वर्ष पनि वार्षिक १० लाख हुन्थे। कोभिडपछि दुई वर्ष पर्यटक लुम्बिनी क्षेत्रमा जान सकेनन्।

शनिबार काठमाडौंका विभिन्न स्थानमा विद्युत् अवरुद्ध हुने शनिबार, जेठ २६, २०८१ काठमाडौंका विभिन्न स्थानमा शनिबार विद्युत् सेवा अवरुद्ध हुने भएको छ।

राष्ट्रसङ्घीय समिति सीडको सदस्यमा नेपालकी वन्दना राणा पुनः निर्वाचित शनिबार, जेठ २६, २०८१ महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सीड)को सदस्यमा नेपालकी वन्दना राणा निर्वाचित भएकी छन्। उनी उक्त पदमा पुनः निर्वाचित भएकी हुन्।

आज ६ प्रदेशका केही ठाउँमा हावाहुरीसहित वर्षाको सम्भावना शनिबार, जेठ २६, २०८१ राति प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

पत्रकार महासङ्घको चुनाव स्थगित शनिबार, जेठ २६, २०८१ नेपाल पत्रकार महासङ्घको चुनाव स्थगित भएको छ। महासङ्घका अध्यक्ष विपुल पोखरेलले शुक्रबार एक विज्ञप्ति जारी गरी शनिबार (आज)का लागि तोकिएको चुनाव स्थगित भएको जानकारी दिएका हुन्।

काठमाडौं महानगर भित्र रङ्गीचङ्गी बत्तीको प्रयोग हटाउन अध्ययन कार्यदलको सिफारिस शुक्रबार, जेठ २५, २०८१ अध्ययनबाट सवारी आवागमन, जनस्वास्थ्य र पर्यावरणमा असर देखिने भए सजावटको विकल्प, बत्ती हानिकारक छन् भने बत्तीको प्रकृति र गुणस्तर परिवर्तन गरेर राख्न मिल्छ कि हटाउनुपर्छ, सुझाव दिन समितिले जिम्मेवारी पाएको थियो। यसबमोजिम समितिले जीवशास्त्री, प्राणीशास्त्री, चराचुरुङ्गी विज्ञलाई सहभागी गराएर अध्ययन गरेको हो। अध्ययनले ७ बुँदामा सुझाव दिएको छ।









