News Griha :: न्यूजगृह
कर्णाली नदीको पुलको लठ्ठा चुँडियो, १३ खच्चड अडकिए

काठमाडौं— कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा सामान बोकेका १३ वटा खच्चड फुलमै अडकिएका छन्। 

आइतबार बिहान अछामबाट दैलेख जाने क्रममा केही खच्चडको खुट्टा तारमा अल्झिएको थियो। सो क्रममा सबै खच्चडहरु एकैपट्टी परेपछि पुलको एकपट्टीको लठ्ठा चुँडिएको र सामान बोकेका १३ खच्चडहरु त्यही अडकिएको जिल्ला प्रहरी कार्यालय दैलेकका प्रमुख डीएसपीसुनिल दाहालले न्यूजगृहलाई जानकारी दिए। 

उनका अनुसार ती मध्ये ५ वटालाई उद्धार गरिएको छ। पुलको जाली काटेर ५ वटा खच्चडलाई उद्धार गरिएको र अन्य ८ वटाको उद्धार भइरहेको उनले बताए। 

‘आज अछामबाट दैलेख जाने क्रममा केही खच्चडहरुको खुट्टा पुलको जालीमा अडकिएपछि १३ वटा खच्चडहरु फसेका थिए। फसेकामध्ये ५ वटा खच्चडलाई पुलको जाली काटेर उद्धार गरिएको छ,’ उनले भने, ‘अन्य ८ वटा खच्चडको पनि उद्धार कार्य भइरहेको छ।’   

अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–६ खिड्किजिउला जोडने झोलुंगे पुलको जाली लत्रिएको हो। 

घटनाबारे जानकारी आएलगत्तै उद्धारका लागि टोली खटाइएको थियो। 

खच्चडहरु पुलमै अडकिएपछि अहिले अछाम र दैलेखबीच आउजाउ समेत बन्द भएको छ। अहिले स्थानीयसँगको सहयोगमा उद्धार कार्य जारी रहेको छ। 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १३:१२
Weather Update