News Griha :: न्यूजगृह
 आज ६ प्रदेशका केही ठाउँमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं— हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ।

शनिबार बिहान कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ। बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आज दिउँसो कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ।

 दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ।

राति पनि कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ।

राति प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  ०६:३८
Weather Update