
काठमाडौं— दुई वटा भुक्तानी सेवा प्रदायक कम्पनी ‘पेवल नेपाल र सजिलो पे’ का ६ कर्मचारीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भीमप्रसाद तिमल्सिना, प्रज्वल आचार्य, सुरज जबरा, सुशील बन्जारा, काश्यप मानन्धर र अथुकछाक खम्पा छन् । पक्राउ परेका मध्ये खम्पा मेट्रो अस्पतालमा भर्ना भएका छन् ।
उनीहरु शुक्रबार पक्राउ परेका हुन्को। अवैध हुन्डी र सुन तथा क्रिप्टोको कारोबारमा जोडिएपछि ६ जनालाई नियन्त्रणमा लिइएको सीआईबीका एआईजी श्यामलाल ज्ञवालीले बताए।
उनीहरूविरुद्ध आइतबार काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद थप भएको छ । सीआईबीले अहिले ६० किलो सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धान गरिरहेको छ।
अवैध सुन तस्करीको खरिद बिक्री कसरी भएको छ र त्यसको भुक्तानी कसरी हुन्छ भन्नेबारे अनुसन्धान गर्दा यी दुई भुक्तानी सेवा प्रदाय जोडिएको सीआईबीले जनाएको छ।













