सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष श्रेष्ठसहित ८ जना पक्राउ

काठमाडौं— सेञ्चुरी कमर्शियल बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ परेका छन्।
आज केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले अध्यक्ष श्रेष्ठसहित ८ जनालाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता एसपी होबिन्द्र बोगटीले न्यूजगृहलाई जानकारी दिए।
‘हामीले ८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएका छौँ,’ उनले भने।
उनीहरुलाई कमसल धितोमा कर्जा प्रवाह गरेको आरोपमा सीआर्ईबीले पक्राउ गरेको हो।
यसअघि गत गत फागुन १५ गते धितोभन्दा बढी कर्जा दिएको आरोपमा तत्कालीन सेञ्चुरी बैंकका सीईओसहित १० जना पक्राउ परेर छुटेको थिए।
ब्यूरोले बैंकका तत्कालीन सीईओहरु मनोज न्यौपाने र तुलसी गौतमसहित पक्राउ परेकाहरुलाई अनुसन्धानपछि हाजिरी जमानीमा छाडेको थियो।
यद्यपि अहिले भने सेञ्चुरी बैंक प्रभु बैंकमा गाभिइसकेको छ।
प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१ १५:१२













