News Griha :: न्यूजगृह
भारतबाट नक्कली ‘सर्टिफिकेट’ ल्याइ जागिर खाने २ जना शिक्षकविरुद्ध विशेष अदालतमा मुद्दा 
भारतबाट नक्कली ‘सर्टिफिकेट’ ल्याइ जागिर खाने २ जना शिक्षकविरुद्ध विशेष अदालतमा मुद्दा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र (सर्टिफिकेट) ल्याइ शिक्षण पेसामा आवद्ध २ शिक्षकविरुद्ध मुद्दा दायर गरेको छ।  दाङको गलटाकुरी, कौवाघारीस्थित श्री प्राथमिक विद्यालयमा कार्यरत शिक्षक भिम कुमार डिसीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।  
सरकारविरुद्ध आन्दोलनमा जाने औषधि व्यवसायीहरुको चेतावनी 
सरकारविरुद्ध आन्दोलनमा जाने औषधि व्यवसायीहरुको चेतावनी  औषधि व्यवसायीहरुले आफूहरुमाथि सरकारले ज्यादती गरेको आरोप लगाएका छन्। सरकारका विभिन्न तहहरुमध्ये क्षेत्राधिकार स्पष्ट नगरी औषधि जफत गर्ने र अनावश्यक ‘टर्चर’ दिने गरेको भन्दै उनीहरु आक्रोशित भएका हुन्।
मानव तस्करीको आशंकामा २८ बालबालिका सुर्खेत प्रहरीको नियन्त्रणमा
मानव तस्करीको आशंकामा २८ बालबालिका सुर्खेत प्रहरीको नियन्त्रणमा कर्णालीका हिमाली जिल्ला मुगु र हुम्लाबाट २८ जना बालबालिकालाई काठमाडौं ल्याउँदै गर्दा ती बालबालिकासहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। 
२५ दिन पैदल हिँडेर पानीको कहानी सुनाउन माइतीघरमा चुरेबासी 
२५ दिन पैदल हिँडेर पानीको कहानी सुनाउन माइतीघरमा चुरेबासी  ‘दुर दुर गेला पर भी पानी नही भेटैछ, आब कोना जीब? ताहि लेल हम सब सरकारी घर (सिंहदरबार) मे विरोध करय लेल आयल छी।’ अर्थात् टाढाटाढा गएर पनि पानी भेटिँदैन, हामी कसरी जिउने? त्यसैले धर्ना दिन हामी सरकारी घर (सिंहदरबार) नजिक आएका हौँ। जनकपुर उपमहानगरपालिकाकी ५० वर्षीया शान्तिदेवी यादवले माइतीघरमा...
नेपालको समर्थनमा टी–२० विश्वकपको जर्सी लगाएर संसद् भवनमा रास्वपाका सांसदहरु
नेपालको समर्थनमा टी–२० विश्वकपको जर्सी लगाएर संसद् भवनमा रास्वपाका सांसदहरु राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले आईसीसी टी–२० विश्वकपको जर्सी लगाएर संसद् भवन पुगेका छन्। मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा टी–२० विश्वकपमा नेपाली टोलीको समर्थन गर्दै जर्सी लगाएर संसद् भवन पुगेका हुन्। 
हुरीले रूख ढाल्दा च्यापिएर एकजनाको मृत्यु
हुरीले रूख ढाल्दा च्यापिएर एकजनाको मृत्यु नवलपरासीको मध्यबिन्दु नगरपालिका– १२ मा हुरीले रूख ढाल्दा ठूलोपोखरा सामुदायिक वनमा बाख्रा चराउन गएका एक जनाको च्यापिएर मृत्यु भएको छ। 
दैलेखको नेपामा भूकम्प
दैलेखको नेपामा भूकम्प दैलेखको नेपा आसपास केन्द्रबिन्दु भएर भूकम्प भएको छ। 
भ्रष्टाचार मुद्दा लागेका राप्रपा सांसदको निलम्बन फुकुवा
भ्रष्टाचार मुद्दा लागेका राप्रपा सांसदको निलम्बन फुकुवा लुम्बिनी प्रदेश सभा सदस्य जानकीप्रसाद यादवको निलम्बन फुकुवा भएको छ। प्रदेश सभाको चौथो अधिवेशनको ११औं बैठकमा सभामुख तुलाराम घर्ती मगरले प्रदेश सभा सदस्य यादवको निलम्बन फुकुवा भएको जानकारी गराए।
काठमाडौं महानगरले यी तीन ठाउँमा टी–२० विश्वकप निःशुल्क देखाउने, सांगीतिक प्रस्तुति पनि हुने
काठमाडौं महानगरले यी तीन ठाउँमा टी–२० विश्वकप निःशुल्क देखाउने, सांगीतिक प्रस्तुति पनि हुने टी–२० विश्वकप क्रिकेट खेल हेर्नका लागि काठमाडौं महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रसारण गर्ने तयारी गरेको छ।
यी प्रदेशमा बिहानैदेखि वर्षा
यी प्रदेशमा बिहानैदेखि वर्षा कोशी, मधेस, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा बिहान आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। 
अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ मङ्गलबार छिचोलिने, प्रधानमन्त्री प्रचण्ड जाने
अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ मङ्गलबार छिचोलिने, प्रधानमन्त्री प्रचण्ड जाने सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङ मङ्गलबार छिचोलिने भएको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा सुरुङ छिचोल्ने कार्यक्रम तय गरिएको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए । आयोजनाको सुरुङ प्रधानमन्त्रीद्वारा छिचोल्ने निश्चित भइसकेको आयोजना निर्माण गरिरहेको भारतीय सतलज कम्पनी (एसजेबीएन)ले जनाएको छ । 
लमजुङको ताजेगाउँ केन्द्रबिन्दु भएर भूकम्प
लमजुङको ताजेगाउँ केन्द्रबिन्दु भएर भूकम्प राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सोमबार साँझ ८ बजेर ३८ मिनेट जाँदा लमजुङको ताजेगाउँ आसपास केन्द्रबिन्दु भएर तीन दशमलव सात रेक्टरस्केलको भूकम्प गएको हो।
Weather Update