News Griha :: न्यूजगृह
अभियन्ता तारा बराल पक्राउ 
अभियन्ता तारा बराल पक्राउ  बरालले आफ्नो चरित्र हत्या गरेको भन्दै एक महिलाले दिएको उजुरीका आधारमा  साइबर अनुसन्धान ब्युरोको टोलीले उनलाई काठमाडौंको बबरमहलबाट पक्राउ गरेको हो।
केजरीवालले गरे तिहाड जेलमा आत्मसमर्पण 
केजरीवालले गरे तिहाड जेलमा आत्मसमर्पण  २१ दिनको अन्तरिम जमानतको म्याद सकिएपछि दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले आइतबार तिहाड जेल पुगेर आत्मसमर्पण गरेका छन्।
अन्ततः एम्बाप्पे रियल म्याड्रिड जाने निश्चित, भयो सम्झौता
अन्ततः एम्बाप्पे रियल म्याड्रिड जाने निश्चित, भयो सम्झौता २५ वर्षीय एम्बाप्पेको पेरिस सेन्ट जर्मेन (पीएसजी)मा जुन ३० मा सम्झौता सकिँदै छ। त्यसपछि उनी रियल म्याड्रिड जाने सम्झौता गरेको फुटबल पत्रकार फाब्रिजियो रोमानोले जानकारी दिएका छन्। रियल म्याड्रिडले एम्बाप्पेलाई भित्र्याएको घोषणा केही दिनमा गर्ने उनले जानकारी दिएका छन्।
पूर्वमन्त्री जोशीको भ्रष्टाचार मुद्दाको फैसला साउनमा
पूर्वमन्त्री जोशीको भ्रष्टाचार मुद्दाको फैसला साउनमा सर्वोच्च अदालतले नेपाली कांग्रेसका तत्कालीन नेता एवं पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा साउन १३ मा फैसला सुनाउने भएको छ ।
चितवनमा पर्यटक बोकेको जीप दुर्घटना, ६ जना घाइते
चितवनमा पर्यटक बोकेको जीप दुर्घटना, ६ जना घाइते पर्यटक बोकेको जीप दुर्घटना हुँदा छ जना घाइते भएका छन्। खैरहनी नगरपालिका– १२ दराई ताल नजिक कुमरोज सामुदायिक वन हुँदै चितवन राष्ट्रिय निकुञ्ज जाने क्रममा जीप दुर्घटना भएको हो। 
ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णयमा सर्वोच्चको रोक 
ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णयमा सर्वोच्चको रोक  सर्वोच्च अदालतले मापसे लगायत सवारी कारबाहीमा परेकाहरुलाई सडकमा खटाउने उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्णयमा रोक लगाएको छ। आइतबार सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठले गृहमन्त्री लामिछानेको उक्त निर्णयविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै कारण देखाउ आदेशसहित अन्तरिम आदेश जारी गरेको हो। 
इन्डोनेसियामा ज्वालामुखी विस्फोट
इन्डोनेसियामा ज्वालामुखी विस्फोट पूर्वी इन्डोनेसियामा आइतबार ज्वालामुखी विस्फोट भएको छ। विस्फोटपछि सात किलोमिटर माथि आकाशमा खरानीले बादलजस्तै ढाकेको सामाजिक सञ्जाल र स्थानीय सञ्चारमाध्यमले देखाएका छन्। यो ज्वालामुखीबाट यस वर्षको सुरुदेखि अहिलेसम्म भएका करिब १०० वटा विस्फोटको पछिल्लो घटना हो।
चितवनमा भारतीय पर्यटक बोकेको जीप दुर्घटना, ६ जना घाइते 
चितवनमा भारतीय पर्यटक बोकेको जीप दुर्घटना, ६ जना घाइते  चितवनमा पर्यटक बोकेको जीप दुर्घटना हुँदा ६ भारतीय नागरिक घाइते भएका छन्। कुमरोज सामुदायिक वन हुँदै चितवन राष्ट्रिय निकुञ्जतर्फ जाँदै गरेको ना४च ८८५५ नम्बरको जीप आज खैरहनी नगरपालिका–१२ दराई ताल नजिक दुर्घटना भएको हो।
नेपालमा बढ्न थाले पर्यटकः एक महिनामा ९० हजार भित्रिए, कहाँबाट कति?
नेपालमा बढ्न थाले पर्यटकः एक महिनामा ९० हजार भित्रिए, कहाँबाट कति? सन् २०२४ को मे महिनामा ९० हजार विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार मे महिनामा जम्मा ९० हजार दुई सय ११ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन्।  सन् २०२३ को तुलनामा यस वर्ष पर्यटक आगमन १६ दशमलव १० प्रतिशतले वृद्धि भएको हो। सन् २०२३...
भारतमा अत्यधिक गर्मीका कारण निर्वाचनमा खटिएका ३३ कर्मचारीको मृत्यु 
भारतमा अत्यधिक गर्मीका कारण निर्वाचनमा खटिएका ३३ कर्मचारीको मृत्यु  भारतमा अत्यधिक गर्मीका कारण निर्वाचनको अन्तिम दिन अर्थात् जुन १ मा एकै राज्यका कम्तिमा ३३ जना मतदान स्थलमा खटिएका कर्मचारीहरुको हृदयघातका कारण मृत्यु भएको छ।  भारतको विभिन्न ठाउँमा ४५ डिग्री सेल्सियस भन्दा माथिको तापक्रमका कारण धेरैको मृत्यु भएको उत्तर प्रदेशका प्रमुख निर्वाचन अधिकारी नवदीप रिन्वाले बताए। एक दिनमा दर्जनौं कर्मचारीहरूको...
पहिरोमा पुरियो स्वास्थ्य केन्द्र र निर्माणाधीन अस्पताल
पहिरोमा पुरियो स्वास्थ्य केन्द्र र निर्माणाधीन अस्पताल यहाँको भोटखोला गाउँपालिकामा वर्षासँगै आएको पहिरोले एक घरसहित स्वास्थ्य केन्द्र र निर्माणाधीन अस्पताल पुरिएका छन्। शुक्रबारदेखिको लगातारको वर्षापछि आएको पहिरोले  भोटखोला –४ स्थित सेम्बुङ गाउँमा रिदर ज्याबु भोटेको घर पुरिएको भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले जानकारी दिए। घर पुरिएपछि रिदर ज्याबुको परिवार छिमेकीको घरमा बसेका छन्। 
उड्ने अन्तिम तयारीमा रहेको श्री एअरको विमानमा समस्या 
उड्ने अन्तिम तयारीमा रहेको श्री एअरको विमानमा समस्या  काठमाडौंबाट धनगढी उड्ने तयारीमा रहेको श्री एअरलाइन्सको विमान धावनमार्गबाट पुनः ‘पार्किङ वे’मा फर्काइएको छ।  ‘धावनमार्गमा गुडिसकेको विमान ‘नेल पोलिस’को गन्ध आएपछि  पार्किङ वेमा ल्याइयो,’ विमानमा यात्रा गर्न लागेकी मञ्जु शाहीले भनिन्, ‘नेल पोलिसको गन्धका कारण  विमान फर्काइएको हल्ला चल्यो छ। विमानको प्राविधिक परीक्षणपछि उडाउने भनिएको छ।’ 
Weather Update