News Griha :: न्यूजगृह
गर्मीले नेपालगञ्जको जनजीवन कष्टकर, असार ७ सम्म विद्यालयमा बिदा
गर्मीले नेपालगञ्जको जनजीवन कष्टकर, असार ७ सम्म विद्यालयमा बिदा अत्यधिक गर्मी र ‘लु’ले पठनपाठनमा समस्या भएपछि जेठ २० देखि असार ७ गतेसम्म गर्मी बिदा दिने निर्णय भएको पालिकाका महाशाखा प्रमुख गोर्खबहादुर थापाले जानकारी दिए। यसअघि नेपालगञ्ज उपमहानगरपालिकाले जेठ १५ देखि १८ गतेसम्म गर्मी बिदा दिएको थियो। 
दोलखामा सुख्खा पहिरो झर्दा अलपत्र परेका ६० जनाको उद्धार
दोलखामा सुख्खा पहिरो झर्दा अलपत्र परेका ६० जनाको उद्धार उनीहरु वैकल्पिकमार्ग प्रयोग गरी लामाबगर ल्याइएको विगु गाउँपालिका–१ अध्यक्ष मेमबहादुर तामाङले बताए। शुक्रबार बिहान करिब ११ बजेतिर विगु गाउँपालिका–१ लामाबगरस्थित क्यालु खोला र देउरालीको बीचमा सडक खन्ने क्रममा सुक्खा पहिरो खस्दा आंशिक रूपमा थुनिएको तामाकोशी सामान्य लयमा फर्किएको छ।
मनाङ घुम्न गएका ललितपुरका युवक चार दिनदेखि सम्पर्कविहीन, ड्रोन प्रयोग गरी खोजिदै
मनाङ घुम्न गएका ललितपुरका युवक चार दिनदेखि सम्पर्कविहीन, ड्रोन प्रयोग गरी खोजिदै ललितपुरको नखिपोटका ३१ वर्षीय प्रकाश गोरखाली जेठ १६ गते दिउँसोदेखि सम्पर्कविहीन भएका हुन्। तिलिचो ताल जाने क्रममा गोरखाली मनाङ ङिस्याङ गाउँपालिका–९ बाइस घुम्तीबाट सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए।
भारतमा लोकसभाको अन्तिम चरणको मतदान सुरु, प्रधानमन्त्री मोदीको प्रतिस्पर्धी को? 
भारतमा लोकसभाको अन्तिम चरणको मतदान सुरु, प्रधानमन्त्री मोदीको प्रतिस्पर्धी को?  आज ७ राज्य र १ केन्द्र शासित प्रदेशका ५७ लोकसभा सिटका लागि मतदान सुरु भएको छ। यस चरणमा प्रधानमन्त्री नरेन्द्र मोदी, २ केन्द्रीय मन्त्री आरके सिंह र अनुराग ठाकुर चुनावी मैदानमा छन्। त्यस्तै कंगना रनौत, रवि किशन, पवन सिंह, काजल निषाद सहित चार कलाकार पनि चुनावी मैदानमा रहेका छन्।
आज जेठ १९ अर्थात् राजा वीरेन्द्रको वंशनाश भएको दिन, २३ वर्षसम्म दरबार हत्याकाण्ड अझै रहस्यमै
आज जेठ १९ अर्थात् राजा वीरेन्द्रको वंशनाश भएको दिन, २३ वर्षसम्म दरबार हत्याकाण्ड अझै रहस्यमै शुक्रबार बेलुकीको पारिवारिक जमघटका क्रममा घटना घटेको थियो। घटनामा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रुतिको हत्या भएको थियो। यस्तै राजाका भाइ धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्गविक्रम पनि मारिएका थिए।
यी तीन प्रदेशमा आज वर्षा
यी तीन प्रदेशमा आज वर्षा कोशी प्रदेशका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। 
अनैतिक क्रियाकलापमा संलग्न ९ विदेशीसहित १५ महिला ठमेलबाट पक्राउ
अनैतिक क्रियाकलापमा संलग्न ९ विदेशीसहित १५ महिला ठमेलबाट पक्राउ गएराति प्रहरीले विशेष अपरेसन चलाएर उनीहरूलाई पक्राउ गरेको हो। पर्यटकलाई दुर्व्यवहार गर्ने, हैरानी दिने तथा अनैतिक क्रियाकलाप गर्ने गरेको भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। 
मोटरसाइकल चोरीमा संलग्न ४ जना पक्राउ
मोटरसाइकल चोरीमा संलग्न ४ जना पक्राउ मोटरसाइकल चोरीमा संलग्न ४ जनालाई बिहीबार ट्राफिक प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका-२ घर भइ हाल काठमाडौंको अनामनगर बस्ने २२ वर्षीय विशाल रैका, कालिकोटको सन्नीत्रिवेणी गाउँपालिका- ६ घर भइ काठमाडौंको कपन बस्दै आएका २६ वर्षीय नवीन शाही र ३० वर्षीय रमेश बम र कालिकोट कै रास्कोट...
पर्यटन विकास आयोजनाका दुई इन्जिनियर घुससहित पक्राउ
पर्यटन विकास आयोजनाका दुई इन्जिनियर घुससहित पक्राउ उनीहरूले सेवाग्राहीसँग १७ हजार घुस लिएपछि अख्तियारको टोलीले पक्राउ गरेको थियो। मन्दिर निर्माणको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिन भन्दै उनीहरूले घुस लिएको अख्तियारले जनाएको छ।
भारतबाट ल्याइएको ३४ सय केजी धान बरामद, एक जना पक्राउ 
भारतबाट ल्याइएको ३४ सय केजी धान बरामद, एक जना पक्राउ  प्रहरीले भारतबाट भन्सार छलेर ल्याइएको धान बरामद गरेको छ।बिहीबार बिहान प्रहरीले रौतहटको इशनाथ नगरपालिका— ४ बाट ३४०० केजी धान बरामद गरेको हो।
गढीमाईका नगर प्रमुखको बदमासी, नदीजन्य पदार्थ उत्खननको राजश्व आफ्नै खल्तीमा
गढीमाईका नगर प्रमुखको बदमासी, नदीजन्य पदार्थ उत्खननको राजश्व आफ्नै खल्तीमा रौतहटको गढीमाई नगरपालिकामा बागमती नदीको नदीजन्य पदार्थ उत्खननबाट संकलित राजश्व अनियमितता भएको पाइएको छ। गढीमाई नगरपालिकाको प्रमुख श्यामप्रसाद यादवको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवले बागमती नदीबाट नदीजन्य पदार्थको उत्खनन गर्न ठेक्का बन्दोबस्त मिलाउँदा राजश्वको रकम अनियमितता गरेको प्रमाण फेला परेको हो।
त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्दै सरकार, पूर्वसचिव त्रितालको नेतृत्वमा समिति गठन 
त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्दै सरकार, पूर्वसचिव त्रितालको नेतृत्वमा समिति गठन  सरकारले मुलुकको जेठो त्रिभुवन विश्वविद्यालयको नाममा काठमाडौं उपत्यकाभित्र रहेका जग्गा तथा चलअचल सम्पत्तिको खोजी गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको छ। 
Weather Update