News Griha :: न्यूजगृह
बर्दिबासबाट काठमाडौं आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना
बर्दिबासबाट काठमाडौं आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना बस सिन्धुलीको गोलन्जोर- ७ मा दुर्घटनामा परेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बस आज साँझ ५:३० बजे आसपासमा दुर्घटनामा परेको हो। बस सडकबाट १० मिटर तल घरको भित्ता र छतमा ठोकिन पुगेको छ। गाडी घरमाथि पुगेर उत्तानो परेको छ।
सुन चोर्न वृद्धाको हत्या, संलग्न ५ जना सार्वजनिक 
सुन चोर्न वृद्धाको हत्या, संलग्न ५ जना सार्वजनिक  बिर्तामोड–४ की विष्णुमाया विष्टको हत्यामा संलग्नताको आरोपमा पक्राउ परेका पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ। 
मधेस प्रदेशका ४ जिल्लाका ४७२ सहकारी फरार, सम्पर्कमा आउन ३५ दिने सूचना [नामसहित] 
मधेस प्रदेशका ४ जिल्लाका ४७२ सहकारी फरार, सम्पर्कमा आउन ३५ दिने सूचना [नामसहित]  मधेस प्रदेशका ४ जिल्लाका ४ सय ७२ सहकारी फरार रहेको पाइएको छ। मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ४ सय ७२ सहकारी फरार रहेको र सम्पर्कमा आउन ३५ दिने सूचना जारी गरेको छ। त्यसो त यसअघि मधेसका ८ जिल्लामध्ये महोत्तरी, धनुषा, सिराहा र सप्तरीका गरी ३१० सहकारीलाई सम्पर्कमा...
कैलालीमा २८ वर्ष यताकै उच्च तापक्रम, विद्यालय बन्द
कैलालीमा २८ वर्ष यताकै उच्च तापक्रम, विद्यालय बन्द तापक्रम वृद्धिले विद्यालय सञ्चालनमा कठिनाइ भएपछि कैलालीमा विद्यालय बन्द गरिएका छन्। कैलालीमा गर्मीले बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेपछि विद्यालय बन्द गरिएका हुन्। 
क्रिकेट मैदान निरीक्षणमा मन्त्री श्रेष्ठ, सन्दीपलाई दिए यस्तो आश्वासन
क्रिकेट मैदान निरीक्षणमा मन्त्री श्रेष्ठ, सन्दीपलाई दिए यस्तो आश्वासन युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले कीर्तिपुरस्थित क्रिकेट रंगशालाको निरीक्षण गरेका छन्। बिहीबार मैदानको निरीक्षण गर्दै उनले बजेट बढेर आएपनि गर्नुपर्ने कामहरु असिमित रहेको भन्दै यसमा सबैको सहकार्य आवश्यक रहेको बताए।
प्रधानमन्त्रीको प्रतिबद्धताः रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउछौँ
प्रधानमन्त्रीको प्रतिबद्धताः रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउछौँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ज्ञान, पुँजी, सिप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने बताएका छन्।
सेवाग्राहीलाई सास्ती, सामान्य कामका लागि पनि हप्ता दिन लाग्ने
सेवाग्राहीलाई सास्ती, सामान्य कामका लागि पनि हप्ता दिन लाग्ने इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरमा दरबन्दी अनुसारको कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ।कार्यालयमा एक उप–सचिव, दुई शाखा अधिकृत, पाँच सुब्बा, खरदार र कम्युटर अपरेटरलगायतको दरबन्दी कायम रहेको भएपनि सो अनुसार नहुँदा समस्या भएको हो। नागरिकता तथा नगरिकताको प्रतिलिपी लिनका लागि पनि पाँचदेखि सात दिनसम्म लाग्ने गरेको सेवाग्राहीको गुनासो रहेको...
अत्यधिक गर्मीका कारण रौतहटका चार पालिकामा रहेका विद्यालय बन्द
अत्यधिक गर्मीका कारण रौतहटका चार पालिकामा रहेका विद्यालय बन्द अत्यधिक गर्मी बढ्दै गएपछि रौतहटका चारवटा पालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा बन्द भएका छन्। गर्मीका कारण विद्यालयको कक्षा कोठामा बसेर पठनपाठनमा समस्या आएको भन्दै गौर, कटहरिया, ईशनाथ र गरुडा नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
कैलाश सिरोहियालाई नागरिकता दिने तत्कालीन सीडीओ र शाखा अधिकृतमाथि पनि अनुसन्धान हुने 
कैलाश सिरोहियालाई नागरिकता दिने तत्कालीन सीडीओ र शाखा अधिकृतमाथि पनि अनुसन्धान हुने  कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित अन्य व्यक्तिमाथि पनि अनुसन्धान हुने भएको छ। नागरिकता प्रकरणमा पक्राउ परेका सिरोहिया बुधबार हाजिर जमानीमा रिहा भएका छन्। उनी पक्राउ परेको ९ दिनमा हिरासतमुक्त भएसँगै उनलाई नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपि...
दोस्रो अभ्यास खेलमा नेपालले घरेलु टोली अमेरिकासँग प्रतिस्पर्धा गर्दै
दोस्रो अभ्यास खेलमा नेपालले घरेलु टोली अमेरिकासँग प्रतिस्पर्धा गर्दै आईसीसी को टी–२० वरियतामा नेपाल १७ औं तथा अमेरिका १९ औं स्थानमा रहेको टिम हो । क्यानडाविरुद्धको खेल गुमाएका दीपेन्द्रसिंह ऐरी आज अमेरिकाविरुद्ध खेल्ने छन् । विश्वकपकै अभ्यासका क्रममा वेस्टइन्डिजमा दीपेन्द्र घाइते भएकाले क्यानडाविरुद्धको खेल गुमाएका थिए।
सन् २०२३ मा विश्वभर साढे ११ सय जनालाई मृत्युदण्ड 
सन् २०२३ मा विश्वभर साढे ११ सय जनालाई मृत्युदण्ड  विश्वभर सन् २०१५ पछि सबैभन्दा धेरै मृत्युदण्ड सन् २०२३ मा दिइएको एक तथ्यांकले देखाएको छ । एम्नेस्टी इन्टरनेशनलले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वभर मृत्युदण्डको सजाय दिइएको मध्ये सन् २०२३ मा सन् २०१५ यताकै सबैभन्दा ठूलो संख्या छ । 
यी पाँच प्रदेशमा आज मेघगर्जनसहित वर्षा
यी पाँच प्रदेशमा आज मेघगर्जनसहित वर्षा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव तथा बंगलादेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण बिहीबार देशका केही भूभागमा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखा अनुसार बिहान कोशी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा मौसम आंशिकदेखि मुख्यतया सफा छ। 
Weather Update