News Griha :: न्यूजगृह
दोस्रो अभ्यास खेलमा नेपालले घरेलु टोली अमेरिकासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं— आईसीसी टी–२० विश्वकप क्रिकेटको दोस्रो अभ्यास खेलमा आज नेपालले घरेलु टोली अमेरिकासँग प्रतिस्पर्धा गर्दै छ ।

 नेपाल र अमेरिकाबीचको खेल नेपाली समय अनुसार राति सवा ९ बजे डलास स्थित ग्रान्ड पेरी क्रिकेट मैदानमा सुरु हुने छ। 

पहिलो अभ्यास खेलमा नेपाल क्यानडासँग ६३ रनले स्तब्ध भएको थियो। आज घरेलु टोलीलाई पराजित गर्दै आधिकारिकरूपमा नेपाली टोली विश्वकपका लागि तयार हुने लक्ष्यमा रहेको छ।

आईसीसी को टी–२० वरियतामा नेपाल १७ औं तथा अमेरिका १९ औं स्थानमा रहेको टिम हो । क्यानडाविरुद्धको खेल गुमाएका दीपेन्द्रसिंह ऐरी आज अमेरिकाविरुद्ध खेल्ने छन् । विश्वकपकै अभ्यासका क्रममा वेस्टइन्डिजमा दीपेन्द्र घाइते भएकाले क्यानडाविरुद्धको खेल गुमाएका थिए।

तर, उनी प्रशिक्षणमा फर्किएकोले आजको खेलमा खेल्ने सम्भावना अत्याधिक रहेको छ । विश्वकपमा नेपालले जुन ४ तारिखमा नेदरल्याण्ड्ससँग खेल्दै प्रतियोगितामा सुरुआत गर्ने छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  ०९:०५
Weather Update