News Griha :: न्यूजगृह
१५ वर्षीया बालिकालाई बलात्कार गर्ने १७ वर्षीय किशोरलाई ८ वर्ष कैद

सप्तरी— जिल्ला अदालत सप्तरीले १५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा  राजविराज नगरपालिका-१ पडरियाका १७ वर्षीय किशोरलाई आठ वर्षको कैद सजाय सुनाएको छ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालको इजलासले बिहीबार ५० हजार क्षतिपूर्ति, ३६ हजार तीन सय ३३ जरिवानाको फैसलासमेत गरेको छ।

विद्यालय पढ्न गएकी बालिकालाई विभिन्न प्रलोभन देखाई ती किशोरले २०७९ कात्तिक २ गते राजविराजस्थित राजदेवी होटलमा लगेर बलात्कार गरेका थिए। पीडितकी आमाले घटना लगत्तै दिएको उजुरी प्रहरीले दर्ता गर्न मानेको थिएन। होटलमा दुवै जना बसेको प्रमाण फेला परेपछि सप्तरी प्रहरीले २०८० असोज २४ गते पुनः उजुरी दर्ता गरेको थियो। 

आरोपित किशोर २०८० असोज २४ गते पक्राउ परेका थिए। जिल्ला अदालतमा २०८० कात्तिक १३ गते अभियोग पत्र दायर भएकामा न्यायाधीश सञ्जीव पोखरेलको इजलासले गत कात्तिक १४ गते किशोरलाई बाल सुधारगृह वीरगञ्ज पठाएको थियो। 

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १९:३१
Weather Update