News Griha :: न्यूजगृह
केजरीवाल आज पुन: जेल जाँदै
केजरीवाल आज पुन: जेल जाँदै भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल आज पुन: जेल जाँदै छन् ।भारतको सर्वोच्च अदालतले दिएको अन्तरिम जमानतको समय आज सकिएसँगै आज उनले सरेन्डर गर्नुपर्ने भएको छ ।
टी२० विश्वकप : अमेरिकालाई क्यानडाले दियो १९५ रनको लक्ष्य
टी२० विश्वकप : अमेरिकालाई क्यानडाले दियो १९५ रनको लक्ष्य क्यानडाले आईसीसी टी२० विश्वकप २०२४ को पहिलो खेलमा घरेलु टोली अमेरिकालाई १९५ रनको लक्ष्य दिएको छ।डालसमा रहेको ग्राण्ड प्रेरी क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले २० ओभरमा ५ विकेट गुमाउँदै १९४ रन बनायो। 
दाङमा हुरीसहितको वर्षाले घर भत्किँदा एकजनाको मृत्यु
दाङमा हुरीसहितको वर्षाले घर भत्किँदा एकजनाको मृत्यु शनिबार साँझ ८ बजेतिर हुरीले घर भत्किँदा तुलसीपर उपमहानगरपालिका–१२ रझेनीमा ७० वर्षीय भगवान् खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए। 
बाजुराका यमनबहादुर काठमाडौंको बुद्धनगरमा मृत भेटिए
बाजुराका यमनबहादुर काठमाडौंको बुद्धनगरमा मृत भेटिए मृत फेला परेका व्यक्ति बाजुराको बडिमालिका नगरपालिका घर भई काठमाडौं कलङ्की बस्ने ५० वर्षीय यमनबहादुर रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।
रियल म्याड्रिडले जित्यो च्याम्पियन्स लिगको उपाधि
रियल म्याड्रिडले जित्यो च्याम्पियन्स लिगको उपाधि यूईएफए च्याम्पियन्स लिगको उपाधि  रियल म्याड्रिडले जितेको छ। शनिबार राति सम्पन्न फाइनलमा म्याड्रिडले बोरुसिया डर्टमण्डलाई २–० गोल अन्तरले पराजित गर्दै १५औं पटक च्याम्पियन्स लिगको उपाधि उचालको हो।
यस्तो छ आजको मौसम पूर्वानुमान
यस्तो छ आजको मौसम पूर्वानुमान आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी तथा लुम्बिनी प्रदेशका एक/दुइ स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ |
काठमाडौं महानगरले करारमा २४१ नगर प्रहरी भर्ना गर्दै, कसरी दिने आवेदन?
काठमाडौं महानगरले करारमा २४१ नगर प्रहरी भर्ना गर्दै, कसरी दिने आवेदन? महानगरले नेपाल प्रहरी/सशस्त्र प्रहरी बलको जवान भर्ना सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट प्राप्त वैकल्पिक सूचीमा समावेश भएका उम्मेदवारमध्ये इच्छुक उम्मेदवारले ७ दिनभित्र काठमाडौं महानगरपालिका प्रशासन विभागमा दरखास्त पेस गर्न आव्हान गरेको छ ।
सिक्किम आइपुग्यो यो वर्षको मनसुन
सिक्किम आइपुग्यो यो वर्षको मनसुन यस वर्षको मनसुन भारतको उत्तरपूर्वी भूभाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किम आइपुगेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। विभागले आज सार्वजनिक गरेको बुलेटिन अनुसार नेपालको पूर्वी भूभागमा  मनसुन भित्रिन अझै केही दिन लाग्ने छ । पूर्वी भूभागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ मानिएको छ ।  
सुनसरीमा करेन्ट लागेर १ जनाको मृत्यु
सुनसरीमा करेन्ट लागेर १ जनाको मृत्यु सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
यौनिक तथा लैङ्गिक समुदायको लागि जुन महिना उत्सव र आन्दोलन
यौनिक तथा लैङ्गिक समुदायको लागि जुन महिना उत्सव र आन्दोलन जुनसुकै उत्सव वा महोत्सव खुलमखुल्ला मनाइन्छ । सन्देश प्रवाह गर्न वा कुनै कुराको प्रवर्द्धन गर्न, प्रचार प्रसार गर्न, जगेर्ना गर्न र सार्वजनिक गर्न उत्सव मनाइन्छ । तर अंग्रेजी पात्रो अनुसार जुन महिना आफैँमा एक उत्सव भइसकेको छ । दशकौँदेखि विश्वभर जुन महिनालाई सप्तरंगी उत्सवका रुपमा मनाइएको इतिहास छ । ‘प्राइड...
वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न
वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न फ्रान्सेली राजदूतावास र फ्रान्सेली अन्तर्राष्ट्रिय सुरक्षा सहयोग निर्देशनालयको आयोजनामा भएको गोष्ठीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल,  वन तथा वातावरण मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय लगायत वन्यजन्तु संरक्षण ता बेचविखन विरुद्धको अभियानमा संलग्न सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।  
जनकपुरधाममा आजदेखि ‘श्रमाधान रोजगार मेला’
जनकपुरधाममा आजदेखि ‘श्रमाधान रोजगार मेला’ मेलामा श्रम तथा रोजगारसँग सम्बन्धित सरकारी निकायको कक्ष, रोजगारदाता, म्यानपावर व्यवसायी तथा विभिन्न सामाजिक संस्थालगायतका ३५ भन्दा बढी कक्ष रहनेछन्। कामको खोजीमा रहेका युवालाई लक्षित गर्दै सीपसँग सम्बन्धित तथा रोजगारीमा जोड्ने रोजगार परामर्श स्टल तथा विभिन्न नेटवर्किङ सत्र, स्थानीय सांस्कृतिक प्रस्तुतिलगायत कार्यक्रम पनि राखिएका छन्। मेलाबाट रोजगारदाता र श्रमिकमा उत्साह...
Weather Update