सुनसरीमा करेन्ट लागेर १ जनाको मृत्यु

काठमाडौं— सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा गढी गाउँपालिका- २ बस्ने २४ वर्षीय मोहमद अफ्रोज मिया रहेका छन्।
उनको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनलाई इटहरी उपमहानगरपालिका- ८ स्थित चिन्तन चौतारी नजिक मन्जिल प्रधानको घरको छतबाट सिटी सफारी बोलाउने क्रममा नजिकै रहेको विद्युत्को तारबाट करेन्ट लागेको थियो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१ १७:१५













