बाजुराका यमनबहादुर काठमाडौंको बुद्धनगरमा मृत भेटिए

काठमाडौं— काठमाडौं महानगरपालिका-१०, बुद्धनगरस्थित बुटवल पावर कम्पनीको दोस्रो तलामा शनिबार एक व्यक्ति मृत फेला परेका छन्।
मृत फेला परेका व्यक्ति बाजुराको बडिमालिका नगरपालिका घर भई काठमाडौं कलङ्की बस्ने ५० वर्षीय यमनबहादुर रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।
घटनाका विषयमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।
प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१ ०७:२१













