News Griha :: न्यूजगृह
दाङमा हुरीसहितको वर्षाले घर भत्किँदा एकजनाको मृत्यु

दाङ— दाङमा हुरीसहितको वर्षाले घर भत्किँदा एकजनाको मृत्यु भएको छ। 

शनिबार साँझ ८ बजेतिर हुरीले घर भत्किँदा तुलसीपर उपमहानगरपालिका–१२ रझेनीमा ७० वर्षीय भगवान् खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए। 

टिनले छाएको एककोठे घरमा खत्रीसँगै रहेकी उनकी श्रीमतीले भने भागेर ज्यान जोगाएकी छन्। 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  ०८:०६
Weather Update