भारतबाट ल्याइएको ३४ सय केजी धान बरामद, एक जना पक्राउ

रौतहट— प्रहरीले भारतबाट भन्सार छलेर ल्याइएको धान बरामद गरेको छ।
बिहीबार बिहान प्रहरीले रौतहटको इशनाथ नगरपालिका— ४ बाट ३४०० केजी धान बरामद गरेको हो।
राजपुर नगरपालिका—६ का ४२ वर्षीय अमर साहले भारतबाट भन्सार छलेर ल्याएको उक्त परिमाणको धान बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता एलिजा गिरीले बताइन्।
७९० बोरामा रहेको उक्त धानको मूल्य १ लाख ४९ हजार ६०० रुपैयाँ रहेको गिरीले बताइन्।
धानसहित साहलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालय बुझाइएको छ।
प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१ १८:४१













