News Griha :: न्यूजगृह
लमजुङको ताजेगाउँ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं— लमजुङको ताजेगाउँ केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सोमबार साँझ ८ बजेर ३८ मिनेट जाँदा लमजुङको ताजेगाउँ आसपास केन्द्रबिन्दु भएर तीन दशमलव सात रेक्टरस्केलको भूकम्प गएको हो।

यसअघि गत चैत ४ गते रसुवाको जुरेढुङ्गा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो।

नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ ।  

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  २१:३३
Weather Update