हुन्डी कारोबारमा संलग्न भारतीय नागरिक पर्साबाट पक्राउ, ५ लाख ९० हजार रुपैयाँ बरामद

पर्सा — हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा पर्सा प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको विहार राज्य पूर्वीचम्पारण रक्सौलका २९ वर्षीय बबलुराज रौनियार छन्। उनलाई प्रहरीले वीरगञ्ज महानगरपालिका—१५ बाइपास सडक खण्डबाट पक्राउ गरेको हो।
प्रहरीले उनको साथबाट ५ लाख ९० हजार नेपाली रुपैयाँसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता दीपक भारतीले जानकारी दिए।
भारतीका अनुसार पैदल हिँडिरहेका रौनियारले बोकेको कालो ब्यागमा उक्त रकम बरामद भएको हो।
उनीविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१ १५:४५













