News Griha :: न्यूजगृह
अर्काको घरमा पसेर २ करोड लुटपाटमा संलग्न प्रहरी हवल्दारसहित ४ जना पक्राउ 
अर्काको घरमा पसेर २ करोड लुटपाटमा संलग्न प्रहरी हवल्दारसहित ४ जना पक्राउ  प्रहरीले भक्तपुरको सूर्यविनायकस्थित ददिकोटमा एक व्यक्तिको घरबाट २ करोड नगद चोरी गर्ने ४ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।  पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बाह्रबिसेका सुजन रसाइली, भोटेकोशीका भीमबहादुर तामाङ्ग, भोटेकोशीकै कृष्णबहादुर बोहरा र ओखलढुंगाका मुनाराज राई रहेका छन्। 
कहिले हुन्छ एसईईको नतिजा सार्वजनिक? 
कहिले हुन्छ एसईईको नतिजा सार्वजनिक?  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ। कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिए। कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण, अङ्कभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको...
७ वर्ष जेलपछि छुटेका महर्जन मानव बेचबिखन कार्यमा संलग्न, पुनः पक्राउ 
७ वर्ष जेलपछि छुटेका महर्जन मानव बेचबिखन कार्यमा संलग्न, पुनः पक्राउ  वैदेशिक रोजगारीको प्रलोभनमा दुबई पुर्‍याई मानव बेचबिखन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–८ बस्ने ४२ वर्षीय मनोज महर्जन रहेका छन्।
रुसी सेनामा गएका नेपालीबारे प्रधानमन्त्रीको जवाफः सरकारले कसैलाई भर्ती हुन पठाएको होइन
रुसी सेनामा गएका नेपालीबारे प्रधानमन्त्रीको जवाफः सरकारले कसैलाई भर्ती हुन पठाएको होइन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले पठाएर कोही पनि रुसी सेनामा नगएको प्रतिक्रिया दिएका छन्। उनले सरकारले पठाएर र सरकारसँग समन्वय गरेर नगए पनि त्यहाँ पुगेका नेपालीहरुलाई फर्काउने प्रयास भइरहेको बताए। मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बजेटमा परराष्ट्र मन्त्रालयबारे उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्। परराष्ट्रमन्त्री नारायणकाजी...
विदेशमा अलपत्र नेपालीहरूको उद्धार सरकारको उच्च प्राथमिकतामाः प्रधानमन्त्री
विदेशमा अलपत्र नेपालीहरूको उद्धार सरकारको उच्च प्राथमिकतामाः प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा अप्ठेरोमा परेका नेपाली नागरिकको उद्धार एवं आवश्यकतानुसार नेपाल फर्कन सहजीकरण गर्ने कार्यलाई नियोगहरूले उच्च प्राथमिकतामा राखेको बताएका छन्।मंगलबार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालय एवं मातहतका निकायहरूको लागि विनियोजित बजेट तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै सो कुरा बताएका हुन्।  
झापामा चट्याङ लागेर दुईको मृत्यु
झापामा चट्याङ लागेर दुईको मृत्यु मृत्यु हुनेमा कमल गाउँपालिका-२ का ४६ वर्षे राजन खड्का र गौरीगञ्ज गाउँपालिका-८ का ४२ वर्षे विकास गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिए। 
अनैतिक क्रियाकलापमा संलग्न तीन महिलासहित चार जना पक्राउ
अनैतिक क्रियाकलापमा संलग्न तीन महिलासहित चार जना पक्राउ जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सोमबार राति जिल्लाको गोदावरी नगरपालिका २ आदर्श गल्लीमा घरको कोठा भाडामा लिई अनैतिक क्रियाकलापमा संलग्नलाई पक्राउ गरिएको हो।
खैरो हेरोइनसहित काठमाडौंको बानियाँटारबाट दुई जना पक्राउ
खैरो हेरोइनसहित काठमाडौंको बानियाँटारबाट दुई जना पक्राउ उनीहरूको साथबाट २२ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनीहरूले लागुऔषध बेच्न प्रयोग गर्ने बा९० प ४२९१ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ।
नेपाल गुणस्तर परिषदद्वारा कपडाको परीक्षण विधि पारित
नेपाल गुणस्तर परिषदद्वारा कपडाको परीक्षण विधि पारित गुणस्तर मापदण्ड पारित गरेसँगै अब विभिन्न किसिमका कपडाको परीक्षण गरी कपडालाई विदेश निर्यातमा सहज भएको विभागका प्रवक्ता प्रभातकुमार सिंहले जानकारी दिए।
दाङमा डुबेर ८ महिने शिशुको मृत्यु
दाङमा डुबेर ८ महिने शिशुको मृत्यु इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार घरको आँगनमा प्लाष्टिकको बाटामा पानी भरेर राखिएको थियो।
इजरायलका लागि ८ सय केयरगिभर माग, मासिक तलब दुई लाख बढी
इजरायलका लागि ८ सय केयरगिभर माग, मासिक तलब दुई लाख बढी सूचना प्रकाशित भएको मितिले २१ दिन भित्रमा अनलाइन मार्फत आवेदन दिन सकिनेछ। त्यसका लागि २५ वर्ष पुरा भई ४५ वर्ष ननाघेको, कम्तीमा १.५ मिटर उचाइ र ४५ किलोग्राम तौल भएको, कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमए सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पुरा गरेको वा प्लस टु वा...
ट्रयाक खुलेको १९ वर्षपछि सडक कालोपत्र
ट्रयाक खुलेको १९ वर्षपछि सडक कालोपत्र पाँच वर्ष अगाडि स्तरोन्नतीसहित कालोपत्र गर्न जिम्मा पाएको निर्माण कम्पनीले यस वर्ष बल्ल काम गरेको छ । यस वर्षमा सात किलोमिटर सडक कालोपत्र गर्ने भनिए पनि साढे चार किलोमिटर मात्रै कालोपत्र भएको पूर्वाधार विकास कार्यालय बागलुङका इन्जिनियर चन्द्रबहादुर पुनले जानकारी दिए।
Weather Update