News Griha :: न्यूजगृह
झापामा चट्याङ लागेर दुईको मृत्यु

झापा— मङ्गलबार बिहान चट्याङका कारण दुई जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा कमल गाउँपालिका-२ का ४६ वर्षे राजन खड्का र गौरीगञ्ज गाउँपालिका-८ का ४२ वर्षे विकास गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिए। 

उनका अनुसार बिहान घरबाट खेततर्फ जाने क्रममा चट्याङ लागेर घाइते भएका खड्काको दमकस्थित आम्दा अस्पताल पुर्याइए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।

त्यस्तै, गौरीगञ्ज गाउँपालिका-३ मा सीताराम दाहालको खेतमा काम गर्दै गर्दा विकास गिरीलाई पनि चट्याङ लागेको थियो। उनको घटनास्थल मै मृत्यु भएको प्रवक्ता चन्दको भनाइ छ। 

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १२:०६
Weather Update