ठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्धशुक्रबार, असार १४, २०८१

रामेछाप बस दुर्घटना अपडेटः चालकसहित १० जना घाइते शुक्रबार, असार १४, २०८१ रामेछापमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्।शुक्रबार बिहान साढे ८ बजे रामेछापको गैरीबाट काठमाडौं आउँदै गरेको बा ५ ख ५६२५ नम्बरको यात्रुवाहक बस लिखु तामाकोसी गाउँपालिका–६ बिर्ता लाकुरीडाँडामा दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका हुन्।

ट्याक्टर दुर्घटनामा बालकको मृत्यु, दुईजना घाइते शुक्रबार, असार १४, २०८१ दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि गुल्मी अस्पताल ल्याउने बित्तिकै अस्पतालले मृत घोषणा गरेको थियो। दुर्घटनामा ट्याक्टर चालक गुल्मीको धुर्कोट गाउँपालिक–५ बस्तुका २६ वर्षीय दीपक गोतामे र सहचालक बागलुङ बडिगाड गाउँपालिकाका १९ वर्षीय राजकुमार विक घाइते छन्।

रामेछापबाट काठमाडौं आउँदै गरेको यात्रुबस दुर्घटना, विस्तृत विवरण आउन बाँकी शुक्रबार, असार १४, २०८१ रामेछापबाट काठमाडौं आउँदै गरेको बस शुक्रबार बिहान रामेछापको लिखु तामाकोसीमा दुर्घटनामा परेको छ।

मकवानपुर र सर्लाहीमा भारी वर्षा शुक्रबार, असार १४, २०८१ आज गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेस र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघ गर्जनच/ट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।गण्डकी र लुम्बिनी प्रदेशको एकदुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले विशेष बुलेटिन निकालेर जानकारी दिएको छ।

नागार्जुनमा बाढीले कार बगायो, चालकको मृत्यु शुक्रबार, असार १४, २०८१ नागार्जुनमा बाढीले कार बगाउँदा चालकको मृत्यु भएको छ। नागार्जुन नगरपालिका– ६ रामकोटस्थित छमछमे खोलाको कल्भर्टमा आएको बाढीले शुक्रबार बिहान कार बगाएको हो।
![यस वर्ष पनि काठमाडौं महानगरले कक्षा ११ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने [सूचनासहित]](https://newsgriha.com/uploads/posts/520X390/kathmandu_metropolitan_city_office_new-1712117943.jpg)
यस वर्ष पनि काठमाडौं महानगरले कक्षा ११ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने [सूचनासहित] शुक्रबार, असार १४, २०८१ यस वर्ष पनि काठमाडौं महानगरपालिकाले कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ। महानगरपालिकाले शुक्रबार सूचना जारी गर्दै संस्थागत शिक्षण संस्था (निजी कलेज)मा कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि अनलाइन आवेदन आह्वान गरेको हो। गत वर्ष पनि महानगरपालिकाले काठमाडौंका निजी कलेजमा झण्डै ४...

कावासोतीमा चट्याङ लागेर ४६ वर्षीया महिलाको मृत्यु बिहीबार, असार १३, २०८१ उनलाई मध्य विन्दु जिल्ला अस्पताल डन्डामा उपचार गरेर थप उपचारका लागि चितवन भरतपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए।

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न मिल्छ बिहीबार, असार १३, २०८१ राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ। परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् ।१८६ जनाले ४ जीपीए ल्याएका छन् ।

एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी बुधबार, असार १२, २०८१ राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसईई परीक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ।कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिएका छन्।

करेन्ट लागेको साथीलाई बचाउन खोज्दा विमलको गयो ज्यान, झंकर घाइते मंगलबार, असार ११, २०८१ अछाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।जिल्लाको तुर्माखाद गाउँपालिका–६ निवासी १५ वर्षका विमल विक र १४ वर्षिय झंकर विक घरबाट तुर्माखाँद गापा–७ बासकाडा जाने क्रममा कच्ची सडकखण्डमा पोलबाट चुँडिएर सडकमा खसेको तारमा झंकर विकलाई करेन्ट लागेको थियो।
![चिकित्सा शिक्षाको शुल्क निर्धारण, कुन विषयको कति? [सूचीसहित]](https://newsgriha.com/uploads/posts/520X390/chikisa esu-medical1684858356.jpg)
चिकित्सा शिक्षाको शुल्क निर्धारण, कुन विषयको कति? [सूचीसहित] मंगलबार, असार ११, २०८१ चिकित्सा शिक्षाको नयाँ शुल्क निर्धारण भएको छ। चिकित्सा आयोगले सूचना जारी गर्दै विभिन्न विषयको शुल्क निर्धारण गरेको जानकारी दिएको हो। जसअनुसार शैक्षिक सत्र २०८१–०८२ का लागि आयोगले चिकित्सा शिक्षा अन्तर्गत स्नातक तह, स्नातकोत्तर र स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक कार्यक्रमको शुल्क निर्धारण गरेको जनाएको छ।

१३ करोड बढी ठगी गर्ने कलङ्की ट्रेड सेन्टरका ६ सञ्चालक पक्राउ मंगलबार, असार ११, २०८१ प्रहरीले कलङ्की ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भनी विभिन्न व्यक्तिबाट १३ करोडभन्दा बढी ठगी गर्ने सो सेन्टरका ६ जना सञ्चालकलाई पक्राउ गरेको छ।जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले कलङ्कीस्थित ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भनी १३ करोड ७३ लाख ५२ हजार २५६ ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरी...









