News Griha :: न्यूजगृह
नागार्जुनमा बाढीले कार बगायो, चालकको मृत्यु

काठमाडौं— नागार्जुनमा बाढीले कार बगाउँदा चालकको मृत्यु भएको छ। नागार्जुन नगरपालिका– ६ रामकोटस्थित छमछमे खोलाको कल्भर्टमा आएको बाढीले शुक्रबार बिहान कार बगाएको हो।

कल्भर्टमा आएको बाढीले  कार बगाएर सडकबाट तल झार्दा चालक नागार्जुन नगरपालिका–६ खरिबोटका पूर्ण दर्नालको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार शुक्रबार बिहान करिब साढे २ बजे बाप्र ०२७ च ०४९१ नम्बरको कार कलभर्टमा खसेको थियो। दुर्घटना भएको सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले चालकलाई  बिहान साढे ५ बजे उद्धार गरेको थियो।

उद्धारपश्चात चालकलाई  उपचारका लागि मनमोहन मेमोरियल अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  ०८:५०
Weather Update