News Griha :: न्यूजगृह
चिकित्सा शिक्षाको शुल्क निर्धारण, कुन विषयको कति? [सूचीसहित] 

काठमाडौं— चिकित्सा शिक्षाको नयाँ शुल्क निर्धारण भएको छ। 

चिकित्सा आयोगले सूचना जारी गर्दै विभिन्न विषयको शुल्क निर्धारण गरेको जानकारी दिएको हो।  

जसअनुसार शैक्षिक सत्र २०८१–०८२ का लागि आयोगले चिकित्सा शिक्षा अन्तर्गत स्नातक तह, स्नातकोत्तर र स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक कार्यक्रमको शुल्क निर्धारण गरेको जनाएको छ। 

जसमा स्नातक तहतर्फको कार्यक्रममा एमबीबीएसको को शुल्क उपत्यका भित्र र बाहिरको छुट्टाछुट्टै रहेको छ। आयोगका अनुसार उपत्यकामा एमबीबीएसका लागि ४१ लाख ६८ हजार ९० र उपत्यका बाहिर ४५ लाख ९५ हजार ७२० शुल्क तोकिएको आयोगका उपसचिव टिकाराम शर्माले जानकारी दिए। 

उनका अनुसार बीडीएसमा २० लाख ९२ हजार २९०, बीएस्सी नर्सिङमा १० लाख ३६ हजार शुल्क तोकिएको छ। 

सबै विषयको शुल्क हेर्नुहोस्

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १८:०६
Weather Update