News Griha :: न्यूजगृह
रौतहटबाट पेस्तोलसहित भारतीय नागरिक पक्राउ
रौतहटबाट पेस्तोलसहित भारतीय नागरिक पक्राउ सशस्त्र प्रहरी सीमा सुरक्षा गण रौतहटबाट खटिएको टोलीले गएराति एकजना भारतीय नागरिकलाई एकथान पेस्तोलसहित पक्राउ गरेको छ।पक्राउ पर्नेमा भारत बिहार सीतामढीका २१ वर्षीय राहुल राम छन्।
न्यायाधीश नियुक्ति समयमै गर्ने कानुनमन्त्री गिरीको प्रतिबद्धता
न्यायाधीश नियुक्ति समयमै गर्ने कानुनमन्त्री गिरीको प्रतिबद्धता कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले अदालतमा रिक्त न्यायाधीशको दरबन्दी समयमै नियुक्ति हुने बताएका छन्। प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक, २०८१ माथिको छलफलमा उठाइएका विषयमा मन्त्री गिरीले जवाफ दिँदै अदालतमा रिक्त रहेका  न्यायाधीशको दरबन्दीमा समयमै पदपूर्ति हुने बताएका हुन्।
चितवनमा सुन पसलमा लुटपाट 
चितवनमा सुन पसलमा लुटपाट  कालिका नगरपालिका–६ खोलेसिमल बजारमा रहेको एक सुनचाँदी पसलमा लुटपाट भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार राति पौने नौ बजे विनोद सुनारको सुनचाँदी पसलमा लुटपाट भएको हो। २ जनाको समूहमा आएको लुटेरा समूहले करिब ३ केजी सुन, ३५ केजी चाँदी र २ लाख नगद लुटपाट गरेका हुन्।
क्याम्पस प्रमुख हत्याको विरोधमा आज देशभरका सामुदायिक क्याम्पस बन्द 
क्याम्पस प्रमुख हत्याको विरोधमा आज देशभरका सामुदायिक क्याम्पस बन्द  शुक्रबार साँझ बाराको रामराजा (मोहनविक्रम शाह) बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्या भएको विरोधमा नेपाल पब्लिक क्याम्पस संघले शनिबार विज्ञप्ति जारी गर्दै हत्यारा पत्ता लगाएर कारबाहीको दायरामा ल्याउन माग गर्दै देशभरका सामुदायिक क्याम्पस बन्द गर्ने घोषणा गरेको थियो। 
काठमाडौंका यी स्थानमा दैनिक ४ घण्टा विद्युत अवरूद्ध हुने
काठमाडौंका यी स्थानमा दैनिक ४ घण्टा विद्युत अवरूद्ध हुने काठमाडौंका विभिन्न स्थानमा आइतबारदेखि सात दिनसम्म बिजुली अवरूद्ध हुने भएको छ। विद्युत् प्राधिकरणअन्तर्गतको काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाले सूचना जारी गर्दै काठमाडौंका विभिन्न वितरण केन्द्रअन्तर्गतका विभिन्न स्थानमा दैनिक ४ घण्टा बिजुली अवरूद्ध हुने जनाएको हो।
यी स्थानमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम? 
यी स्थानमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम?  जसको प्रभावले कोशी र मधेस प्रदेशमा साधारणतया बदली, गण्डकी र बागमती प्रदेशमा आंशिक देखि साधारणतया बदली भई बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी  प्रदेशका केही स्थानहरूमा तथा मधेस र बाग्मती  प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।
रौतहटमा युवकको शव भेटियो, हत्याको आशंका
रौतहटमा युवकको शव भेटियो, हत्याको आशंका शौच गर्न निस्किएका रोहितको शव घर नजिकैको केराबारीमा फेला परेको जिल्ला प्रहरी प्रवक्ता एलिजा गिरीले बताइन्।  गिरीले मृतक सहनीको शरीरमा कुनै प्रकारको दाग तथा कुटपिटको चिन्ह नदेखिएको बताएकी छन्।
पेट्रोलमा ३ र डिजेल/मट्टीतेलमा एक रुपैयाँ घट्यो 
पेट्रोलमा ३ र डिजेल/मट्टीतेलमा एक रुपैयाँ घट्यो  इन्डियन आयल कर्पोरेसनबाट जुन १५ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार निगमको सञ्चालक समितिको बैठकले असार २ गते बिहान १२ बजेदेखि लागू हुनेगरि मूल्य घटाएको निगमले जनाएको छ।
काठमाडौंमा आज वर्षकै बढी गर्मी, तापक्रम ३५.३ डिग्री सेल्सियस मापन 
काठमाडौंमा आज वर्षकै बढी गर्मी, तापक्रम ३५.३ डिग्री सेल्सियस मापन  यस दिन काठमाडौंको अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियस मापन गरिएको छ। यस वर्ष मापन गरिएमध्ये यो उच्च तापक्रम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पाथीभरामा १६ लाख ५० हजारभन्दा बढी भेटी सङ्कलन, ११ महिनामा २ लाख बढीले गरे पूजा
पाथीभरामा १६ लाख ५० हजारभन्दा बढी भेटी सङ्कलन, ११ महिनामा २ लाख बढीले गरे पूजा ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा जेठ महिनामा १६ लाख ५० हजार भेटी सङ्कलन भएको छ।पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटीका रूपमा सो बराबरको नगद सङ्कलन गरिएको हो।
दोषीलाई कारबाही माग गर्दै प्रहरी कार्यालय अगाडि क्याम्पस प्रमुखको शव राखेर प्रदर्शन
दोषीलाई कारबाही माग गर्दै प्रहरी कार्यालय अगाडि क्याम्पस प्रमुखको शव राखेर प्रदर्शन बाराको रामराजा बहुमुखी क्याम्पस प्रमुख हरि भूषण कुशवाहाको हत्या प्रकरणमा संलग्न दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरिएको छ।
बागलुङमा बने दुई वर्षमा ४१ झोलुङ्गे पुल
बागलुङमा बने दुई वर्षमा ४१ झोलुङ्गे पुल बागलुङमा पछिल्लो दुई वर्षमा ४१ वटा झोलुङ्गे पुल निर्माण भएका छन्। आर्थिक वर्ष २०७९–८० मा २५ र चालु आर्थिक वर्षमा १६ वटा झोलुङ्गे निर्माण भएका हुन्। झोलुङ्गे पुल निर्माणपछि जोखिम मोलेर यात्रा गर्ने हजारौँ स्थानीय लाभान्वित भएका छन्।
Weather Update