News Griha :: न्यूजगृह
काठमाडौंमा आज वर्षकै बढी गर्मी, तापक्रम ३५.३ डिग्री सेल्सियस मापन 

काठमाडौं— काठमाडौं शनिबार अधिकतम तापक्रम यो वर्षकै बढी मापन गरिएको छ।

यस दिन काठमाडौंको अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियस मापन गरिएको छ। यस वर्ष मापन गरिएमध्ये यो उच्च तापक्रम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

‘काठमाडौंमा यो वर्ष यो तापक्रम अहिलेसम्म उच्च हो,’ महाशाखाका मौसमविद् मीनकुमार अर्यालले भने।

काठमाडौंमा यो वर्ष यसअघिको उच्च तापक्रम गएको जेठ २८, १७ र जेठ ११ गते समान ३४.४ डिग्री सेल्सियस मापन गरिएको थियो। 

प्रकाशित मिति: शनिबार, असार १, २०८१  १८:३३
Weather Update