News Griha :: न्यूजगृह
पाथीभरामा १६ लाख ५० हजारभन्दा बढी भेटी सङ्कलन, ११ महिनामा २ लाख बढीले गरे पूजा

फुङ्लिङ— ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा जेठ महिनामा १६ लाख ५० हजार भेटी सङ्कलन भएको छ।

पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटीका रूपमा सो बराबरको नगद सङ्कलन गरिएको हो।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार जेठ महिनामा १६ लाख ६५ हजार नौ सय ५६ रुपैयाँ सङ्कलन भएको छ।

सङ्कलित भेटी बैङ्कमा जम्मा गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। समितिले मन्दिरको आय हरेक महिना सार्वजनिक गर्दै आएको छ।

चालु आर्थिक वर्षको जेठसम्ममा २ लाख २८ हजार आठ सय ९६ जनाले पाथीभरा मन्दिरमा पूजा गरेका समितिले जनाएको छ।

प्रकाशित मिति: शनिबार, असार १, २०८१  १६:५५
Weather Update