News Griha :: न्यूजगृह
पेट्रोलमा ३ र डिजेल/मट्टीतेलमा एक रुपैयाँ घट्यो 

काठमाडौं—  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

शनिबार मध्यरातिबाट लागू हुने गरी निगमले पेट्रोलमा ३ र डिजेल तथा मट्टीतेलमा एक रुपैयाँ घटाएको हो।

इन्डियन आयल कर्पोरेसनबाट जुन १५ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार निगमको सञ्चालक समितिको बैठकले असार २ गते बिहान १२ बजेदेखि लागू हुनेगरि मूल्य घटाएको निगमले जनाएको छ।

मूल्य घटेसँगै पेट्रोलको मूल्य पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १६२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा १६४ र तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा १६५ मूल्य कायम भएको छ।

त्यसैगरी डिजेल र मट्टितेलमा पहिलो वर्गअन्तर्गत १४९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत १५१ र तेस्रो वर्गअन्तर्गत १५२ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ।

प्रकाशित मिति: शनिबार, असार १, २०८१  २०:२७
Weather Update