चितवनमा सुन पसलमा लुटपाट

चितवन— कालिका नगरपालिका–६ खोलेसिमल बजारमा रहेको एक सुनचाँदी पसलमा लुटपाट भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार राति पौने नौ बजे विनोद सुनारको सुनचाँदी पसलमा लुटपाट भएको हो। २ जनाको समूहमा आएको लुटेरा समूहले करिब ३ केजी सुन, ३५ केजी चाँदी र २ लाख नगद लुटपाट गरेका हुन्।
उनीहरूले पेस्तोल जस्तो वस्तु देखाएर सुनचाँदी र नगद लुटेर भागेको प्रहरीले जनाएको छ। लुटपाट गर्नेहरूले पसलमा रहेको सीसीटीभीको हार्डडिस्क पनि लगेका छन्।
लुटपाटमा संलग्न रहेको आशङ्कामा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: आइतबार, असार २, २०८१ ०९:४४













