News Griha :: न्यूजगृह
दोषीलाई कारबाही माग गर्दै प्रहरी कार्यालय अगाडि क्याम्पस प्रमुखको शव राखेर प्रदर्शन

बारा— बाराको रामराजा बहुमुखी क्याम्पस प्रमुख हरि भूषण कुशवाहाको हत्या प्रकरणमा संलग्न दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरिएको छ।

जिल्ला प्रहरी र प्रशासन कार्यालयको गेट अगाडि मृतक कुशवाहाको शव राखेर प्रदर्शन गरिएको हो।  

शैक्षिक संघ संगठन एवम् समर्थकहरूले दोषीलाई कारबाहीको माग गर्दै शनिबार दिउँसो २ बजेदेखि प्रदर्शन गरेका हुन्।

अज्ञात समूहले प्रहार गरेको गोलीबाट क्याम्पस प्रमुख कुशवाहाको उपचारको क्रममा शुक्रबार साँझ वीरगञ्जमा मृत्यु भएको थियो।

कलैयातर्फ फर्किने क्रममा आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ३ बतरामा उनीमाथि शुक्रबार गोली प्रहार भएको थियो।

कुशवाहा हत्या प्रकरणमा संलग्न रहेको आशङ्का प्रहरीले अहिलेसम्म ५ जना पक्राउ गरेको छ।

बारा प्रहरी प्रमुख महेन्द्र खड्काले परेकाहरूसँग सोधपुछ चलिरहेको जानकारी दिए। 

प्रकाशित मिति: शनिबार, असार १, २०८१  १६:१६
Weather Update