News Griha :: न्यूजगृह
क्याम्पस प्रमुख हत्याको विरोधमा आज देशभरका सामुदायिक क्याम्पस बन्द 

काठमाडौं— बारामा क्याम्पस प्रमुखको हत्या भएको विरोधमा आइतबार देशभरका सामुदायिक क्याम्पसहरू बन्द भएका छन्।

शुक्रबार साँझ बाराको रामराजा (मोहनविक्रम शाह) बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्या भएको विरोधमा नेपाल पब्लिक क्याम्पस संघले शनिबार विज्ञप्ति जारी गर्दै हत्यारा पत्ता लगाएर कारबाहीको दायरामा ल्याउन माग गर्दै देशभरका सामुदायिक क्याम्पस बन्द गर्ने घोषणा गरेको थियो। 

संघको आह्वानमा आइतबार सामुदायिक क्याम्पसहरूले पठनपाठन ठप्प पारेका हुन्। संघले विज्ञप्तिमार्फत दोषीलाई यथाशीघ्र कानुनी कठघरामा ल्याउन माग गरेको छ। 

कुशवाहाको शुक्रबार अज्ञात समूहले घरबाट मोटरसाइकलमा कलैया फर्कने क्रममा आदर्श कोतवाल गाउँपालिका–३ बतरा गाउँको दक्षिणमा रहेका लंगहासन माई मन्दिर अगाडि गोली हानी हत्या गरेका थिए।  

प्रकाशित मिति: आइतबार, असार २, २०८१  ०९:३७
Weather Update