News Griha :: न्यूजगृह
मकवानपुर र सर्लाहीमा भारी वर्षा

काठमाडौं— पछिल्लो ६ घण्टामा मकवानपुर र सर्लाहीमा धेरै भारी वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो ६ घण्टामा मकवानपुरको सिलिंगेमा ११२.२ मिलिमिटर र सर्लाहीको पूर्वी पथारकोटमा ११४.४ मिलिमिटर वर्षा मापन भएको छ।

पछिल्लो तीन घण्टामा सिलिंगेमा ६९.४ मिलिमिटर र पथारकोटमा ३३.४ मिलिमिटर वर्षा मापन भएको छ। सिलिंगे र पथारकोटमा अहिले पनि पानी परिरहेको छ। विभागका अनुसार सिलिंगेमा एक घण्टामा ४.६ मिलिमिटर र पथारकोटमा २१ मिलिमिटर वर्षा मापन भएको छ।

१० मिलिमिटरसम्म हल्का वर्ष त्यसपछि मध्यम र ५० मिलिमिटर भन्दा बढी मापन भए भारी र १०० मिलिमिटर भन्दा माथि वर्षा भए धेरै भारी वर्षा भनिन्छ। 

मनसुनको न्यूनचापीय रेखा उत्तरतर्फ नेपाल नजिक रहेकाले शुक्रबारदेखि बढी पानी पर्ने आकलन विभागको छ।

449015158_1546173899295255_3537555058892283629_n-1719544390.pngआज गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेस र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघ गर्जनच/ट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

गण्डकी र लुम्बिनी प्रदेशको एकदुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले विशेष बुलेटिन निकालेर जानकारी दिएको छ।

आजदेखि मनसुन थप सक्रिय, यी प्रदेशमा भारी वर्षाको सम्भावना 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  ०९:०५
Weather Update