News Griha :: न्यूजगृह
रामेछापबाट काठमाडौं आउँदै गरेको यात्रुबस दुर्घटना, विस्तृत विवरण आउन बाँकी

काठमाडौं— रामेछापबाट काठमाडौं आउँदै गरेको बस शुक्रबार बिहान रामेछापको लिखु तामाकोसीमा दुर्घटनामा परेको छ। 

लिखु तामाकोसी गाउँपालिका– ६ खिम्ति केउरिनीस्थित बिर्ताडाँडा भन्ने ठाउँमा बस दुर्घटना हुँदा पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। 

‘बसमा सबार २५ जनामध्ये पाँच जना घाइते भएको प्रारम्भिक सूचना हामीलाई आएको छ,’ जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेले भने, ‘दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।’ 

उनले दुर्घटनामा परेको बसको नम्बर खुल्न पनि बाँकी रहेको बताए। ‘घटनास्थलमा एम्बुलेन्स जाँदैछ। स्थानीय जनप्रतिनिधि र प्रहरीको टोली पनि त्यसतर्फ प्रस्थान गरेको छ,’ उनले भने।  

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  ०९:२५
Weather Update