News Griha :: न्यूजगृह
दाङमा डुबेर ८ महिने शिशुको मृत्यु

दाङ— तुलसीपुरमा ८ महिनाको बालकको डुबेर मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपापिलका— ४ की बिना पुनको ८ महिने छोराको सोमबार घरको आँगनमा राखेको बाटामा डुबेर मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार घरको आँगनमा प्लाष्टिकको बाटामा पानी भरेर राखिएको थियो।

खेल्ने क्रममा बालक उक्त बाटामा डुब्न पुगेका थिए।

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  ०९:५५
Weather Update