News Griha :: न्यूजगृह
इजरायलका लागि ८ सय केयरगिभर माग, मासिक तलब दुई लाख बढी

काठमाडौं— इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न सहायक कामदार (केयरगिभर) लागि आवेदन आह्वान गरिएको छ। वैदेशिक रोजगार विभागले ८ सय  जना केयरगिभरका लागि आवेदन आह्वान गरेको हो। 

सूचना प्रकाशित भएको मितिले २१ दिन भित्रमा अनलाइन मार्फत आवेदन दिन सकिनेछ। त्यसका लागि २५ वर्ष पुरा भई ४५ वर्ष ननाघेको, कम्तीमा १.५ मिटर उचाइ र ४५ किलोग्राम तौल भएको, कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमए सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पुरा गरेको वा प्लस टु वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यताप्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभर सम्बन्धी तीन महिनाको तालिम प्राप्त गरेको हुनुपर्नेछ।

त्यस्तै विगतमा इजरायल गई काम नगरेको, बाबुआमा, पतिपत्नी, छोराछोरी इजरायलमा बसोबास नगरेको वा कार्यरत नरहेको, शारीरिक र मानसिक रुपमा स्वस्थ रहेको हुनुपर्ने योग्यता तोकिएको छ।

८ सय जना माग गरिएकोमा ५ सय जना मुख्य उम्मेदवार हुनेछन् भने ३ सय जना वैकल्पिक उम्मेदवार हुनेछन्। जसमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष हुनेछन्। उनीहरूले मासिक ५ हजार ८८० सेकेल (इजरायली मुद्रा) न्यूनतम तलब हुनेछ। जुन नेपालका २ लाख १० हजार नेपाली रुपैयाँभन्दा बढी हुनेछ। इजरायल जाने कामदारको करार अवधि पाँच वर्षको हुनेछ।

यसअघि सन् २०२२ मा समेत एक हजार भन्दा बढी केयरगिभर रोजगारीका लागि इजरायल गएका थिए।   

123

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  ०९:०७
Weather Update