खैरो हेरोइनसहित काठमाडौंको बानियाँटारबाट दुई जना पक्राउ

काठमाडौं— बानियाँटारबाट प्रहरीले लागुऔषध खैरो हेराइन सहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बर्दियाका १९ वर्षीय भरत बोहरा र मोरङका २६ वर्षीय तुलाराम चौधरी छन्।
उनीहरूको साथबाट २२ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनीहरूले लागुऔषध बेच्न प्रयोग गर्ने बा९० प ४२९१ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ।
उनीहरू विरुद्ध लागुऔषध मुद्दामा म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: मंगलबार, असार ११, २०८१ ११:४२













